क्योकुसिन कराँते संघको दोश्रो साधारणसभा

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल क्योकुसिन कराँते संघले आफ्नो दोश्रो साधारण सभा सम्पन्न गरेको छ । कृषि राज्यमन्त्री राधिका तामाङको प्रमुख आतिथ्यतामा आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी संघले साधारण सभा गरेको हो ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी तामाङले नेपालको सरकारी नेतृत्वले युवाहरुको मनोवल उच्च बनाउँने खालका कार्यक्रममा जोड नदिएको प्रति दुख व्यक्त गरिन् । आमूल परिवर्तनका संवाहक युवाहरु नै भएको भएता पनि यतातिर सरकारले जोड नदिनु दुखको कुरा हो उनको भनाई रहेको थियो ।

आफ्नो अधिकारका निम्ति युवाहरु नै जागरुक बन्नु पर्ने भनाई मन्त्री तामाङको रहेको थियो । खेल व्यक्तिगत जिवनको मात्र नभई पुरा देशको अनुसाशन र गौरवको विषय भएकोले युवा तथा खेलकुद मन्त्रालयलाई समेत आर्थिक र जनशक्तिको हिसाबले मजबुत बनाउँनु पर्नेमा जोड दिदै राज्यमन्त्री तामाङले हरेक सरकारले यसमा ध्यान दिनु पर्ने बताईन् ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य बद्री अधिकारी लगायतका वक्ताहरुले आआफ्नो मन्तव्य राखेका थिए ।

औपचारिक कार्यक्रमपछि आजै संघले नयाँ नेतृत्व समेत पाएको छ । संघको पदाधिकारीहरुमा श्याम खड्का अध्यक्ष, कुमार श्रेष्ठ र राम बहादुर बोमजन उपाध्यक्ष, सुर्य बहादुर बुढाथोकी महासचिव, अजय महर्जन सचिव, प्रदिप थापा कोषाध्यक्ष तथा धनञ्जय मिश्र, जयमान घिसिङ, अशोक लामा, अनिषा लामा, बिनिता फुयाल र गणेश तण्डुकार सदस्यामा निर्वाचित भएका छन् ।

karate sangh1

श्याम खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!