लोडसेडिङको विकल्प खोज्न सरकारसंग ग्रील व्यवसायी महासंघको माग

- August 27, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालले सरकारसंग लोडसेडिङको विकल्प खोजीदिन माग गरेका छन् । उनले ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं कपनको साधारण सभालाई सम्बोधन गर्नेक्रममा सो माग गरेका हुन । उनले  महाभुकम्प र भारतको नाकाबन्दीले  थला परेको ग्रील व्यवसाय हाल सुरु भएको लामो बिद्युत कटौतीका कारण बार्षिक २० अर्ब रुपैयाँभन्दा बढिको कारोबार गर्ने यो व्यवसाय संकटमा परि बन्द हुने अवस्थामा पुगेको समेत बताए । अध्यक्ष कटुवालले बन्द हुने अबस्थामा पुग्दापनि बर्तमान सरकारले लोडसेडिङको बिकल्प नखोजेकोमा चिन्ता  व्यक्त गरे ।  उनले देशभरिका ९ हजार उद्योगमा कार्यरत १ लाख ५० हजार मजदुर र तिनमा आश्रीत १५ लाख व्यक्ती प्रभावित हुने भन्दै तत्काल लोडसेडिङको बिकल्प खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
देश परनिर्भतामा बाचिरहेको बेला झण्डै ग्रील जन्य समाग्रीहरुको उत्पादनमा आत्मनिर्भर भई आयातलाई प्रतिष्थापन गर्न सफल ग्रील तथा स्टील व्यवसायलाईं सरकारले आवश्यक सुबिधाहरु दिएर प्रोत्साहित गर्नु पर्ने उनले भने ।  अबैद्यानिक किसिमले सञ्चालित सबै  ग्रील तथा स्टील व्यवसायीलाई कानुनी दायरामा ल्याउने कार्य प्रारम्भ भै सकेको  अध्यक्ष कटुवालले बताए ।  सरकारले निर्धारण गरेको मापदण्ड पुरा गरि आ–आफ्नो व्यवसायलाई चाडोभन्दा चाडो दर्ता गराउन आग्रह समेत गरे । सरकारले प्रबिधी हस्तान्तरणको लागी प्रत्येक जिल्लामा ३ लाख छुट्याउदै आईरहेकोमा यो वर्ष २५ लाख पु¥याएकोमा उक्त रकम ग्रील तथा स्टील व्यवसायमा वातावरणमैत्री मेसिन प्रतिस्थापन गर्नमा पनि सहयोग गर्न सरकारको सम्बन्धि निकायमा महासंघले पहल  पहल गरिरहेको बताए । अध्यक्ष कटुवालले महासंघले प्रकाशन गरेको मुल्यसुचिलाई ईमान्दारीका साथ लागु गर्न व्यवसायीलाई निर्देशन दिए ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठ सरकार व्यवसायीका समस्याहरु प्रति गम्भिर नभएको बताउनु हुंदै ग्रील व्यवसायको विकासका लागी सहकार्य गर्दै सक्दो सहयोग गर्ने बताए । सभामा  बिष्णुभक्त श्रेष्ठलगायत महासंघ र काठमाडौं  जिल्लाका पदाधिकारी एवं काठमाडौंका व्यवसायीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ व्यवसायीहरुलाई अध्यक्ष कटुवालले सम्मान गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!