ब्राजिल संसदमा बबाल, राष्ट्रपतिलाई महाभियोगको माग

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ब्राजिल । ब्राजिलको संसदमा सांसदद्वारा राष्ट्रपति दिल्मा रुसेफमाथि महाअभियोग लगाउने पक्ष र विपक्षमा भनाईहरु शुक्रबार दोस्रो दिन पनि राखे ।

ब्राजिलकी राष्ट्रपति रुसेफको दोस्रो कार्यकालको मध्यतिर आएर उनीमाथि सङ्घीय बजेटमा वित्तीय नियमलाई उल्लङ्घन गरेको भन्दै उनीमाथि महाअभियोग लगाउनुपर्ने भनी सुरु गरिएको उनीमाथिको सुनुवाई जारी छ ।

रुसेफले आफूमाथि प्रतिपक्षद्वारा सत्ताबाट हटाउने षड्यन्त्रका साथ उक्त आरोप लगाएको जनाउँदै आरोपको खण्डन गर्दै आएकी छिन् ।

शुक्रबार रुसेफ पक्षधर सांसदले उनको बचाउमा कुरा राख्ने विश्वास गरिएको छ ।

कैयौँ दिन लामो बहसपछि आगामी सोमबार राष्ट्रपति रुसेफ पनि आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै आफ्नो पक्षमा मतदान गर्न सांसदहरुलाई आग्रह गर्नेछिन् ।

यदि रुसेफमाथि लागेको आरोपको पक्षमा आवश्यक मत पुगेमा उनको बाँकी कार्यकाल उपराष्ट्रपति मिसेल टिमरले सम्हाल्ने छन् । रुसेफको कार्यकाल सन् २०१८ मा समाप्त हुनेछ ।

गत मे महिनामा रुसेफमाथि महाअभियोग लगाउने पक्षमा बहुमत सांसदबाट मतदान भएपछि उनीमाथि १८० दिनका लागि पदबाट निलम्बन गरी महाअभियोग प्रक्रियालाई अगाडि बढाइएको होे । रासस÷एपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!