केरी र लाभरोभबीच जेनेभामा वार्ता

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

स्वीट्जरल्याण्ड । अमेरिकी विदेश मन्त्री जोन केरी र उनका रसियाली समकक्षी सर्गेइ लाभरोभ स्वीट्जरल्याण्डको जेनेभामा भेट गरी सिरिया र युक्रेनबारे विविध विषयमा छलफल गरेका छन् ।

बिहीबार जेनेभा आइपुगेका अमेरिकी विदेशमन्त्री केरी र लाभरोभबीच यसअघि पनि सिरिया र युक्रेनमा जारी द्वन्द्वबारे टेलिफोन वार्ता भएको जेनेभास्थित अमेरिकी मिसनले बताएको छ ।

यसको रसियाली विदेश मन्त्री लाभरोभले बुधबार नै पुष्टि गरेका थिए

उनीहरूबीच सिरियामा जारी द्वन्द्व अन्त्यका लागि गरिने प्रयासमा सहकार्य गर्ने बताइएको छ । दुई देशका विदेश मन्त्रीस्तरीय प्रत्यक्ष कुराकानी पाँच वर्षदेखि सिरियामा जारी राजनीतिक द्वन्द्व अन्त्य गर्ने पहलमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ । रासस÷सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!