लोकमानसिंह कार्कीलाई झड्का, अदालतले माग्यो सक्कल कागजपत्र

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ ।

न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए । प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत ९मुख्य सचिव० लोकमानसिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य मन्त्रालयको २०६३ चैत ११ गते पत्रसहितको सङ्कलित फाइल पनि माग गरिएको बताए ।
आयोगका प्रमुखमा कार्कीको नियुक्तिविरुद्ध २०७२ मङ्सिर ९ गते अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका थिए । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!