अहिले उत्पादन भएका तरकारी विषाक्त : उपराष्ट्रपति

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बनेपा । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान निर्माणपछि मुलुकको पहिलोे कार्यसूची आर्थिक रुपान्तरण भएको बताएका छन् ।

काठामाडौँ विश्वविद्यालय(केयु) परिसरमा कोइकाले निर्माण गरेको हरितगृह तथा प्राङ्गारिक खेती अनुसन्धान तथा तालिम केन्द्रको उद्घाटन गर्दै उनले कृषि क्षेत्रमा आधारभूत वर्गको पहुँच बढाएर उनीहरुलाई दक्ष बनाउने चुनौती छ भने ।

उपराष्ट्रपति पुनले आर्थिक रुपान्तरणका लागि पहिलो आधार कृषि भएको उल्लेख गर्दै पर्यटन, जलस्रोत र वन जङ्गल तथा जडीबुटीबाट समेत आर्थिक लाभ हासिल हुने बताए । “अब समृद्धिका लागि आर्थिक क्रान्ति जरुरी छ, त्यसका लागि मुलुकमा प्रशस्त सम्भावना छन् ”, उनले भने । अहिले उत्पादन भएका तरकारी विषाक्त भएकामा चिन्ता व्यक्त गर्दै उपराष्ट्रपतिले यसको दिगो समाधान प्राङ्गारिक उत्पादन भएको बताए ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले विश्वविद्यालयका बारेमा उपराष्ट्रपतिलाई जानकारी दिएका थिए ।

सो अवसरमा उपराष्ट्रपतिले केयु परिसरमा रहेको प्राङ्गारिक खेती अनुसन्धान तथा तालिम केन्द्रमा सुन्तलाका बिरुवा समेत रोप्नाका साथै धुलिखेल अस्पतालको समेत अवलोकन गरेका थिए । केयु बायोटेक्नोलोजी विभाग र कोरियाको चोनबुक राष्ट्रिय विश्वविद्यालयको सहकार्यमा सो तालिम केन्द्र स्थापना भएको हो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!