रणमुक्तेश्वर अनियमितता प्रकरण : गुठी र अख्तियारको अनुसन्धान सुस्ताएको भन्दै स्थानीयबासी रुष्ट

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । न्यूरोडको पाकोस्थित गुठी संस्थानको संरक्षणमा रहेको रणमुक्तेश्र मन्दीर परिसरका पसल कवलहरुबाट मासिक रुपमा लाखौं रुपैयाँ उठाएर एक गिरोह विगत एक दशकदेखि लुट मच्चाउँदै आएको समाचार तीव्रखबरले प्रकाशन गरेसंगै विभिन्न निकायहरुले छानवीन शुरु गरेका छन् । गरेको भएतापनि कारवाहीमा फितलो भएको भन्दै स्थानीयबासीहरु रुष्ट बन्न पुगेका छन् ।

रणमुक्तेश्वर मन्दिर संरक्षण गर्ने भन्दै केही सिमित व्यक्तिले अवैध रुपमा स्थापना गरेको रणमुक्तेश्वर मन्दिर संरक्षणको नामक संस्थाका पदाधिकारीहरुले सो मन्दिर परिसरको पसल कवलबाट मासिक रुपमा लाखौं रुपैयाँ भाडा वापत उठाएर एक दशक अघिदेखि अनियमितता गर्दै आएका थिए ।

rana4वि. स. २०६५ सालमा अवैध रुपमा स्थापना भएको रणमुक्तेश्वर जीर्ण उद्धार संरक्षण समितिले अहिलेसम्म रणमुक्तेश्वर मन्दिरको न त जीर्णाेद्धार गरेका छन् न भनेजस्ता कुनै पनि काम नै गरेको पाइएको छ । विभिन्न स्थानीय व्यापारिहरुबाट समेत लाखौं रुपैयाँ संकलन गरेका उनीहरुले उक्त रकम उठाउने र आफुसुशी खर्च गर्नमात्र तल्लिन रहेको बताइएको छ । यसरी पैसा उठाएर ठगी गर्ने गिरोहहरुमा राजेन्द्रमान श्रेष्ठ, चिनीकाजी महर्जन, गौतम डंगोल, सुरेश खड्गी, राधाकृष्ण महर्जन लगायतको संलग्नता रहेको बताइएको छ ।

ranamukteरणमुक्तेश्वर मन्दीर संरक्षणका नाममा भएको ठगी सम्बन्धि समाचार पटक पटक तीव्रखबरले प्रकाशन गरेसंग सो अनियमितताको गुठी संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन शुरु गरेको बताइएको छ ।

suresh khadgiलामो समयदेखि अवैध रुपमा प्रस्तावित संस्थाको नाम भजाएर ठगी गरेका सो गिरोहले न्युरोड क्षेत्रका गुठी एवं सार्वजिक जग्गाहरुमा एमाले पार्टीको आड्मा व्यापक लुट मच्चाएको बताइएको छ । उनीहरुले केही मुद्दामामिलामा परेको जग्गादेखि भूगोलपार्क संरक्षणका नाममा विभिन्न व्यवासयीदेखि निकायहरुबाट मोटो रकम संकलन गरेर अनियमितता गरेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!