व्यापार प्रवद्र्धन मेला सुरु

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ नाराका साथ उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला आजदेखि सुरु भएको छ ।

‘विजनेश एन्ड प्रोफेसनल बिमेन’ सुनाकोठीको आयोजनामा महिला उद्यमीको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सो मेला आयोजक संस्थाको अध्यक्ष अम्बिका श्रेष्ठले बताईन् । आर्थिक रुपमा सशक्त नभई परिवारलाई अगाडि बढाउन गाह्रो हुने हुँदा संस्थाले महिला उद्यमशीलताका लागि तालिम तथा व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

प्रदर्शनीमा महिलाले उत्पादन गरेका गरगहना, खाद्यान्न, लत्ताकपडा, मैनबत्ती, गलैँंचालगायत सामग्री प्रदर्शनीमा राखिएका छन् । मेलाको उद्घाटन ब्राजिलका राजदूत मारिया तरिसा मस्क्यूटा पिसोआ, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव राधिका अर्याल र संस्थाको अध्यक्ष श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । त्रिपुरेश्वरमा सुरु भएको सो प्रदर्शनी मेला शनिबारसम्म चल्नेछ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!