बानले श्रीलङ्काको भ्रमण गर्ने

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कोलम्बो । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन श्रीलङ्काको तीन दिने औपचारिक भ्रमणका लागि यहाँ आउन लागेका छन् ।

श्रीलङ्काली विदेशमन्त्रालयले दिएको जानकारी अनुसार उनको यो औपचारिक भ्रमण यही अगष्ट ३१ तारिखबाट सुरु हुने छ ।

उनले सो भ्रमणका क्रममा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेना र श्रीलङ्काली प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग भेटवार्ता गर्ने बताइएको छ ।

उनले श्रीलङ्काको भ्रमणका क्रममा रहँदा संयुक्त राष्ट्रसंघको विश्वव्यापी विकास लक्ष विषयमा सम्बोधन पनि गर्ने बताइएको छ ।

उनी म्यानमारबाट श्रीलङ्का पुग्नेछन् भने म्यानमार र श्रीलङ्कामा नै मानवअधिकार र विकासका बारेमा सम्बोधन गर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

श्रीलङ्काको भ्रमणका क्रममा रहदा उनले श्रीलङ्कामा विगतमा तामिल टाइगरसर््सँगको हिंसापछि जाफ्ना प्रायद्वीपमा उनीहरुलाई गरिएको पुनस्र्थापनाको बारेमा पनि अध्ययन भ्रमण गर्नेछन् ।

त्यसैगरी उनले श्रीलङ्काली युवाहरुले यहाँको दक्षिणी भू–भागमा आयोजना गरेको युवा र पुनर्मिलनका विषयमा आयोजना गरेको सम्मेलनमा पनि सहभागिता जनाउनेछन् ।

श्रीलङ्कामा बिगतमा भएको हिंसाका क्रममा युद्धअपराध भएको भनी संयुक्त राष्ट्रसंघले त्यसको निश्पक्ष छानबीनका लागि माग गरेको थियो ।

तर यसअघिको सरकारले भने राष्ट्रसंघलाई श्रीलङ्काको अध्ययन भ्रमणमा रोक लगाएको थियो । त्यो लामो विवादपछि यो पहिलो पटक राष्ट्रसंघीय महासचिव नै यहाँको भ्रमणका लागि जान लागेका छन् । रासस÷सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!