चन्द माओवादीले गरे पार्टी एकता (पूर्ण विज्ञप्ती सहित)

- August 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वमा रहेको नेकप माओवादीले अन्य केही माओवादी घट्कहरुसंग पार्टी एकता गरेको छ । क्रान्तिकारी कम्युनिष्टहरुका बिचको धुबिकरण भनिएपनि यसलाई अन्यले पार्टी एकता कै रुपमा विश्लेषण गरेका छन् । (पूर्ण विज्ञप्ती हेर्नुहोस्)

क्रान्तिकारी कम्युनिष्टहरुका बिचको धुबिकरण र एकीकरणबारे सैद्धान्तिक, बैचारिक एबं राजनैति प्रतिबद्धता पत्र

प्रिय कमरेड तथा न्यायप्रेमी जनसमुदाय,
सर्बप्रथम हामीले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने पार्टी धु्रबिकरण एकीकरणको बिषय सानदाररुपमा सफल हुदै गरेको सहर्ष जानकारी गराउँन पाउँदा उच्च गौरवको अनुभूति गरेका छौ । यहा“हरुलाई अवगतनै छ कि हामी क्रािन्तकारीहरु बिशेष कालखण्डमा छितरीएका सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एक बनाएर नेपालको अधुरो क्रान्ति सफल गर्ने अभियानमा जुटीरहेका थियौ । आज हामी उक्त अभियानमा एक तहको उचाई हासिल गर्न सफल भएकाछौं । यो सफलाताको कारण नेपाल कम्युनिष्ट पार्टी माओवादी, कम्युनिष्ट न्युक्लियस नेपाल, माओवादी केन्द्रका पिविएम कमरेड सन्देश पौडेल, सिसिएम कमरेड रमेश नेपाली, नेकपा क्रान्तिकारी माओवादीका सिसिएम कमरेड इस्लाम हवारी लगाएत पार्टीका नेता तथा कार्यकर्ताहरु  एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी (माओबादी) पुनर्गठन गर्न सम्भव भएको छ । यो पार्टी पुनरगठन क्रान्तिकारी नेता, कार्यकर्ता र जनताले आत्मसमर्पनवाद, विसर्जनवाद, पलायनवाद, भारतिय विस्तारवाद, साम्राज्यवाद माथि हासिल गरेको एक स्तरको विजय हो भने समस्त क्रान्तिकारीहरुलाई ध्रुविकृत र एकीकृत गर्ने वृहद अभियानको नया सुरुआत पनि हो । यस अवसरमा हामी देशको आमुल परिबर्तनका लागि जीबनको बलिदान दिने समस्त शहिदहरुप्रति बिशेष श्रद्धान्जली ब्यक्त गर्न चाहन्छौ, ब्यपत्ता योद्धाहरु प्रति उच्च सम्मान ब्यक्त गर्न चाहन्छौं र त्यो क्रममा घाइते तथा अपां ग हुनु भएका कमरेडहरुमा बिशेष सम्मान ब्यक्त गर्न चाहन्छौ ।

यो प्रक्रियामा हामीले क्रान्तिकारी धु्रविकरण सफल गर्यौं, हामीले त्रान्तिकारी कम्युनिष्ट पार्टी निमार्ण गर्यौं, हामीले आत्मसमर्पणवादी, बिसर्जनवादी, अवसरवादी, संसदवादी, साम्राज्यवादी, विस्तारवादीका घेराहरु परास्त गर्यौं र एकहद सम्मको विजय हासिल गर्यौं । हाम्रो यो सफलता र धु्रविकरण केवल भावनात्मक र संगठनात्मक समानताको आधारमा सम्पन्न विषय होइन । यो ध्रुविकरण र एकीकरणको सफलताका पछाडि महत्वपूर्ण वैचारिक, राजनैतिक, संगठनात्मक र सास्कृतिक आधारहरु छन जस्लाई निम्नानुसार उल्लेख गरिन्छ

१) मालेमावाद विशेषतः सर्वहारा साँस्कृतिक क्रान्तिप्रतिको समान वुझाइ
२) नयाँ जनवाद र वैज्ञानिक समाजवादप्रतिको विश्वास
३) राज्य सत्तालाई हेर्ने समान दृष्टिकोण
४) एकीकृत जनक्रान्तिप्रतिको सहमति
५) सर्वहारा वर्गिय कम्युनिष्ट पार्टीको मान्यता
६) क्रान्तिकारी धु्रविकरणको आवश्यकताप्रति सहमति
सर्वविदितै छ कि महान् जनयुद्धको नेतृत्व गरेको तत्कालिन नेपाल कम्युुनिष्ट पार्टी (माओवादी) को मुख्य नेतृत्व प्रचण्ड–बाबुरामहरु शान्ति प्रक्रियामा प्रबेशसंगै साम्राज्यबादी तथा बिस्तारबादी शक्ति र त्यसका नेपाली दलाल संसदवादी सामु  आत्मसमर्पण गर्न पुगे । उनीहरु संशदवाद र संशोधनबादमा पतन भएपछि माओवादी आन्दोलन बिभाजित हुने अबस्थामा पुग्यो । तत्कालिन पार्टी र प्रचण्ड बाबुरामहरुमा आएको यस प्रकारको बिचलन रोक्नका लागि र पार्टीलाई क्रान्तिकारी दिशामा एकताबद्ध गर्न पार्टीभित्रका क्रान्तिकारी नेता र कार्यकर्ताबाट भिषण दुईलाईन संघर्ष चलाईयो । परन्तु पार्टीको मुख्य नेतृत्वले नयाँ जनवाद, बैज्ञानिक समाजवाद, सर्बहारा सास्कृतिक क्रान्तिका मूल्य–मान्यताहरु, अन्तर्राष्ट्रिय सर्बहारावाद, सर्बहारा अधिनायकत्वको मान्यता, मालेमावादी सिद्धान्त एबं राजनीति, कम्युनिष्ट रणनीति र कार्यनीति जस्ता आधारभूत सैद्धान्तिक मान्यताहरु परित्याग गरेपछि क्रान्तिकारी धाराको पुनर्गठन गर्नुपर्ने परिस्थिति बन्न पुग्यो । तत्कालनि माओवादी पार्टीको मुख्य हिस्सा संसदवादमा पतन भैसकेपछि माओवादी आन्दोलन स्वभाबतः माओवादी र संसदवादी लाईनमा बिभाजित हुनु अनिवार्य हुन्थ्यो । जसको परिणाम नै नेपाल कम्युनिष्ट पार्टी माओवादी र कम्युनिष्ट न्युक्लियस नेपालको गठन हुन पुगे । आजको यो धु्रविकरण र एकीकरणले त्यो पतनको प्रकृयालाई निषेध गर्दै नया पार्टीको निमार्ण हुने स्थानमा पुगेको छ ।

समय समयमा कम्युनिष्ट नेताहरुमा हुने बिचलन, उनिहरुले जनता प्रति गर्ने विश्वासघात र कम्युनिष्ट आन्दोलनलाई बिजय सम्म पु¥याउन नसक्ने असक्षमताको प्रदर्शनका कारण सिंगो कम्युनिष्ट आन्दोलनप्रति नेपाली जनता, अन्तर्राष्ट्रिय जगत र विश्व सर्वहारा वर्गमा सैद्धान्तिक, राजनैतिक एबं बैचारिक क्षेत्रमा अहिले पनि केही जल्दा–बल्दा प्रश्नहरु निश्चित रुपमा रहेका छन । हामीले ती प्रश्नहरुलाई बिनम्रतापूर्बक लिने गरेका छौं र त्यसको बैज्ञानिक बिधिमा समाधान खोज्ने अठोट गरेका छौ ।
हामी स्पष्ट गर्न चाहन्छौं कि नेपालको कम्युनिष्ट आन्दोलनमा देखापरेका केशरजंग रायमाझी, मोहनबिक्रम सिंह, मदन भण्डारी र पछिल्लो चरणमा देखा परेको प्रचण्ड बाबुरामको आत्मसमर्पनवाद, विसर्जनवाद, संशोधनवाद, छदमसंशोधनवाद तथा नवसंशोधनवादलाई पुर्णरुपमा तिरस्कार एबं खारेज गर्दछौ । साथै त्यस प्रकारका प्रबृत्तिका बिरुद्ध निरन्तर रुपमा सैद्धान्तिक, बैचारिक एबं राजनैतिक संघर्ष चलाउँदै, जनवादी केन्द्रीयताको शिद्धान्तमा प्रतिवद्ध रहि समाज बिकाशको चरण तथा पार्टी र संगठनको आबस्यकताको आधारमा यसमा थप बिकाश गर्ने नीतिमा लचकता कायम राख्दै एकता–संघर्ष– रुपान्तरणको प्रक्रियामा अगाडि बढाउने प्रतिवद्धता प्रकट गर्दछौं ।

हामीले स्पष्ट गरेका छौ कि नेपाली क्रान्ति र विश्व सर्बहारा आन्दोलन माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र बिचारलाई दृढतापूर्वक अवलम्बन नगरी कम्युनिष्ट आन्दोलनका ऐतिहासिक कार्यभार सम्पत्र गर्न र त्यसलाई जनता र मानव समाजको हितमा निरन्तर विकाश गर्न असम्भव हुन्छ । अझै ठोस रुपले भन्नु पर्दा आजको विश्वमा मालेमाको  प्रयोग र विकास नया उचाईमा नउठाई साम्राज्यबादलाई पूर्णरुपमा परास्त गर्न असंभवछ ।  यस बिषयमा अन्तराष्ट्रिय स्तरमा पनि बिभित्र प्रयत्नहरु भैरहेका छन, त्यस्ता प्रयत्नहरु प्रति रचनात्मक बैचारिक संघर्ष गर्दै त्यसको विकासमा मदत गर्ने हाम्रो नीति रहनेछ ।

त्यसैगरी, हाम्रो पार्टी महान् सर्बहारा साँस्कृतिक क्रान्तिलाई आत्मसात गर्दै बृहत जनसमुदायमा राजनैतिक, बैचारिक, दार्शनिक जागरुकता पैदा गर्ने, जनताको सत्तालाई “पति वर्गबाट खोस्न नदिन सचेत बनाई रहने र नेपालमा सर्बहारा वर्गको सत्ता स्थापना गर्न र भैसकेपछि त्यसको रक्षा, प्रयोग र विकास गर्ने शक्तिको रुपमा समस्त नागरिकलाई आन्दोलित बनाईराख्न  प्रतिबद्ध छ ।

कमरेड माओको नेतृत्वमा समाजबादी चीनमा महान सर्बहारा सास्कृतिक क्रान्तिको जुन लक्ष र उद्देस्य थियो, त्यसलाई सहि तरीकाले स्थापित गर्न, तत्कालिन समाजमा देखा परेका कमि र अपूर्णताहरुको बैज्ञानिक निराकरण खोज्न पनि हाम्रो पार्टि प्रतिबद्ध छ । पुरानो प्रकारको वर्ग बिभाजनन, पुरानो प्रकारको उत्पादन सम्बन्ध र त्यो उत्पादन सम्बन्धबाट पैदा भएको पुराना संस्कृति तथा आदतको सत्ता अन्त्य गर्ने मान्यतालाई पकडन पनि पार्टी प्रतिवद्धछ ।  नयाँ समुत्रत बिचार र चेतनालाई निरन्तर क्रान्तिकृत गर्दै लैजानुकासाथै समाजवादी देशमा हुने प्रतिक्रान्तिलाई रोक्नु महान सर्बहारा सास्कृतिक क्रान्तिको हो भन्ने मान्यतालाई स्पष्ट गर्दै साँस्कृतिक क्रान्तिलाई पार्टी जीवन र समाजको अनिवार्य अंग  वनाउन पनि पार्टी दृढ रहनेछ ।

नेपालमा नयाँजनवादी क्रान्ति पुरा गर्दै बैज्ञानिक समाजवादमा पुग्ने नेपाली क्रान्तिको अहिलेको बैज्ञानिक कार्यदिशा एकीकृत जनक्रान्ति हो । एकीकत जनक्रान्तिको कार्यदिशाले मात्र नेपालको दशबर्षको महान जनयुद्ध र  माक्र्सबाद–लेनिनवाद–माओवादका सैद्धान्तिक, बैचारिक एबं राजनैतिक क्षेत्रमा प्राप्त गरिएका उपलब्धीहरुको रक्षा र विकाश गर्नेछ । एकीकृत जनक्रान्तिको कार्यदिशा नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्दै बैज्ञानिक समाजवादमा रुपान्तरण गर्ने, विश्वलाई मानिसबाट मानिसका बिरुद्ध हुने सबै प्रकारको उत्पीडन र भेदभावको अन्त्य हुने साम्यबादी समाजमा लैजाने र समग्र मानवजातिलाई अन्तर्राष्ट्रिय जातीमा बदल्ने बैज्ञानिक कार्यदिशा हो ।

नेपालमा अहिले पनि राष्ट्रियता, जनतन्त्र र जनजीबीकाका समस्याहरु यथाबत रहेका छन् । नेपालको राष्ट्रियताको सवाल अत्यन्त जटिल छ । नेपाल अहिले  पनि दलाल पूँजीवादको नेतृत्वमा अर्धसामन्ती एबं नवऔपनिवेशिक अबस्थामा रहेको छ ।  देशको आर्थिक आधार र राजनैतिक उपरिसंरचानामा एकाधिकारवादी साम्राज्यवादी तथा बिस्तारवादी शक्तिको बर्चस्व र नियन्त्रण रहँदै आएको छ । यस प्रकारको बिदेशी उत्पीडनका कारण देशमा राष्ट्रिय पूँजीको विकाश हुन सकेको छैन भने देशले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति बनाउन सकेको छैन । अर्धसामन्ती तथा दलाल पूँजीवादी उत्पादन सम्बन्धका कारण देशको कुल जनसंख्याको करीब १९ प्रतिशत जनता अहिले पनि भूमिहीन तथा सुकुम्बासी अबस्थामा रहेकाछन् । देशको कुलजनसंख्याको ठुलो प्रतिशत बेरोजगार अबस्थामा छ । देशका लाखौ अशिक्षित युवाहरु मात्र होइन, हजारौको संख्यामा रहेको शिक्षित युवाहरु समेत शैक्षिक बेरोजगारीको चपेटामा छन् र उनिहरु विश्व श्रमबजारमा अतुलनिय रुपमा सस्तो श्रम बेच्न बाध्य बनाइएका छन । जनताको गास, बास, स्वास्थ्य, शिक्षा जस्ता नैसर्गिक अधिकार तथा सामाजिक सम्मान र अस्मिता जस्ता सम्बेदनशील क्षेत्रमा समेत दलाल पूतिपति वर्गले खुलेआम ब्यापार गरीरहेको छ । देशको कृषि प्रणाली अस्तब्यस्त बनेको छ । यस्तो देशलाई संजीबनी दिन पुन ऋण, पुन राष्ट्रघात, पुन जनबिरोधी हर्कत गर्न सबै दलाल सरकारहरुको नियति बनेको छ । दलाल पूँजीवादी राज्य सत्ताको कारण भ्रष्टाचार, लुटखसोट, राष्ट्रिय सम्पदाको बिदेशी दोहन संस्थागत र कानुन सम्मत बनेकाछन ।

देशभित्र आन्तरिक राष्ट्रियता संसदबादी पाखण्डका कारण झन् भन्दा झन् भयाबह बनेको छ । मधेश, तराई, पहाड र हिमालमा रहने जाति, जनजातिका समस्त समस्याको बैज्ञानिक समाधान दि“दै राष्ट्रिय एकता पैदा गर्ने र त्यसलाई अन्तराष्ट्रिय ऐक्यबद्धतामा विकाश गर्नुको सट्टा नेपालको प्रतिगामी सत्ताले सबै क्षेत्रका जनतामा फुट पैदा गर्ने, उत्पीडन एबं दमन गर्ने र बिदेशीका अगाडि आत्मसमर्पण गर्ने नीति अख्तीयार गरेको छ । जस्को परिणम जातिय, क्षेत्रीय, लैगिक एबं बर्गीय भेदभाव तथा उतपीडन वढ्दै गएकोछ ।

देशका समस्त राजनैतिक, आर्थिक, साममाजिक बिकृतिका बिरुद्ध नेपाली जनताको संघर्ष निरन्तर चल्दै आई रहेको छ । तर जब दलाल पूँजीवादका बिरुद्ध जनताको संघर्ष अगाडि बढ्दै गर्छ र त्यो संघर्ष साम्राज्यवाद तथा बिस्तारवादको स्वार्थमा टकराउन पुग्छ, त्यतिबेला एकाधिकार पूँजीवादबाट पालीत, पोशीत र निर्देशीत दलाल पूँजीवादी सत्ता नेपाली जनताका बिरुद्ध राज्यका सम्पूर्ण हतियार (कानुन, प्रहरी, शेना, नाकाबन्दी) सहित दमनमा उत्रन पुग्छ । अन्तत प्रतिक्रियावादी सत्ताको संरक्षेणकालागि सम्पूर्ण देशलाई दाउमा राख्न पुग्दछ । आजको सासक वर्गले पनि यही रवैया दोहर्याई रहेको हाम्रा सामु छलंग छ ।

नेपाली क्रान्तिका समस्याको समाधान गर्न नेपाली समाजको प्रधान अन्तरबिरोधको पहिचान बैज्ञानिक तरीकाले गर्नु अनिवार्य हुन्छ । नेपालको बदलिएको राजनैतिक अबस्थाको कारण नेपाली जनताको प्रधान अन्तरबिरोध पनि बदलीएको छ । बि स २०५२ साल सम्म प्रधान अन्तरबिरोध देशीय सामन्तवाद र साम्राज्यबाद र बिस्तारबादबाट संरक्षित दलाल पूँजीवादी वर्ग मिलेर बनेको घरेलु प्रतिक्रियावादी सत्ता र नेपाली जनताको बिचको थियो । यद्येपि देशमा कथित संघीय लोकतान्त्रिक गणतन्त्रको नाममा अराजकतावादी निरंकुशतावाद सहितको संशदीय ब्यबस्था स्थापित भएको छ, तथापि दश बर्षको महान जनयुद्धले देशमा गणतन्त्त स्थापना भएको छ र त्यसले देशको अन्तरबिरोधमा समेत फेरबदल ल्याएको छ । दलाल पूँजीवाद राज्यको आथिक आधार र राजनैतिक उपरिसंरचनामा प्रमुख रहेको कारण अहिले दलाल पजीपति वर्ग र नेपाली जनताको अन्तरबिरोध प्रधान हुन पुगेको छ । यसप्रकारको अन्रतबिरोध समाधान गर्नकालागि देशका समस्त क्रान्तिकारीहरु, जनवादी तथा देशभक्त शक्तिहरु एकताबद्ध हुन आबस्यक छ र त्यसकालागि हाम्रो पार्टी समस्त जनतामा हार्दिक अपिल गर्दछ ।

साम्राज्यवादले विश्वमा आफ्नो बर्चस्व कायम गर्न यसमा निरन्तर परिबर्तन गरीरहेको हुन्छ । प्रतिस्प्रधात्मक औध्योगिक पूँजीवाद बाट एकाधिकार बित्तिय पूँजीवाद हुँदै अहिले निगम पूँजीवादमा आईपुग्दा पूँजीवादको उच्चतम रुप साम्राज्यवादमा केही फेरबदलहरु भएका छन । साम्राज्यवाद र सर्बहारा क्रान्तिको बर्तमान युगमा लेनिनले बिश्लेशण गर्नु भएको एकाधिकार, केन्द्रीकृत र मरणोन्मुख पूँजीवाद दोश्रो शहश्राब्दीको सुरुवातसंगै “अति”को अबस्थामा पुगेको छ र यो अति एकाधिकार, अति केन्द्रीकृत र अति मरणोन्मुख अबस्थामा रहेको देखापर्छ । जसरी आधुनिक साम्राज्यवादले विश्वका प्राकृतिक सम्पदा तथा मानव संशाधनलाई आफ्नो लुटकालागि एकठाउँमा एकत्रित गरेको छ, त्यसको परिणाम विश्वको श्रमजीबी, उत्पीडित जनसमुदाय र सर्बहारा वर्ग त्यहि विश्व ब्यबस्था अनुरुप साम्राज्यवादको चीहान खत्र एउटै धरतलमा एकत्रित भएको छ । साम्राज्यबादको यो रक्तपिपासु चरीत्रले विश्वका समस्त जनताको आक्रोश, घृणा र प्रतिरोधलाई बढाईरहेको छ । तसर्थ साम्राज्यवादको यो चरित्रलाई समग्रमा उत्तरसाम्राज्यवाद, अथवा मृत्यु सैयामा छटपटाउँदो साम्राज्यवादका रुपमा बुझ्न सकिन्छ ।

साम्राज्यवादका बिरुद्ध विश्व भरका माओवादीहरु, कम्युनिष्ट क्रान्तिकारीहरु, साम्राज्यवाद बिरोधी जनवादी शक्तिहरु र राष्ट्रवादी शक्तिहरुको ध्रुबिकरण, केन्द्रीकरण र त्यसप्रकारको अन्तर्राष्ट्रिय आन्दोलनको पुनर्गठनको आबस्यकता तड्कारो बनेको छ । त्यसकालागि पनि हीाम्रो पार्टी समस्त माओवादी तथा क्रान्तिकारी कम्युनिष्टहरुमा बिशेश अपिल गर्न चाहन्छ ।
नेपाली जनताको क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओबादी) इतिहासले सुम्पेको यो ऐतिहासिक कार्यभारलाई काँधमा उठाउन तैयार रहेको छ ।  यो पार्टी, नेपाली नयाँ जनवादी क्रान्ति सम्पत्र गदै देशलाई समाजबादमा रुपान्तरण गर्ने र विश्वलाई साम्यबादको दिशामा विकाश गर्ने अभियानमा अबिचलित  हुँदै अदम्य शाहसका साथ अगि बढन प्रण गर्दछ ।

कमर्डहरु तथा न्यायप्रेमी जनसमुदाय,
सबै क्रान्तीकारीहरुलाई एकताबद्ध गर्नु पर्ने बस्तुगत आबस्यकता र क्रान्तिकारीहरु एकताबद्ध हुने आत्मगत परिस्थितिको निर्माण हुनुको कारण नै क्रान्तिकारी कम्युनिष्टहरुको ध्रुबीकरण, एकीकरण र पुनर्गठन सम्भव भएको हो । यो ऐतिहासिक अवसरमा समाहित हुन बिभित्र पार्टीहरुमा बिभाजित अबस्थामा रहेका समस्त माओवादी कम्युनिष्टहरु, बैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्न चाहने क्रान्तिकारीहरु, जनताको वास्तबिक लोकतन्त्र चाहने जनवादी शक्तिहरु र देशको माया गर्ने देशभक्त शक्तिहरुका बिचमा एकता र धुबिकरणका लागि हामी अपिल गर्दछौं । त्यसैगरी नेपालको राष्ट्रिय स्वाधिनता, सार्बभौमिकता चाहने नेपाली समाजको बिभित्र क्षेत्रमा रहेका जनसमुदाय नेपाली सेना, नेपाल प्रहरी, नेपालको कर्मचारी तथा सर्बसाधारण नेपाली जनतालाई देशको परिवर्तनवाट पैदा हुने शान्ति र समृद्धि र प्रगतिकालागि बर्गीय एकता, संयुक्त मोर्चा र सहकार्यमा अबद्ध हुन पनि बिशेष अपिल गर्दछौं ।

धन्यबाद
नेकपा माओवादी महासचिब−बिप्लब
कम्युनिष्ट न्युक्लियस नेपाल संयोजक−सुदर्शन
नेकपा माओबादी केन्द्रका पीबीएम− सन्देश पौडेल
नेकपा क्रान्तिकारी माओबादीका केस−इस्लाम हवारी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!