जोया प्रकरण : बास्तविक सत्य यस्तो पो रहेछ …

- August 23, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पहिला जीवन थापा लाई सामाजिक सञ्जालमा गर्नु बदनाम गरियो । अनि जोयालाई सहानुभूति जनाउदै नेपालको उच्च ओहोदा रहेका महिला पदाधिकारीहरुलाई समेत अपमानजनक शब्दहरु प्रयोग गर्दै नेपालको कानून र नेपाल सरकारले जोया माथि अन्याय गरेको कुराले पनि निक्कै उच्चाई पायो । फेरी केहि दिन पछि शुरु भयो अर्को नयाँ कथा अनि चितवनमा कार्यरत संस्था आदर्श गृहलाई गाली गर्दै कारवाहीको माग गर्न थालियो ।

आदर्श गृहले अन्याय गर्यो भन्दै अब कथाले नयाँ मोड लियो । जिवन थापा मगरलाई न्याय दिलाउने अभियानमा त्यो जीवन थापा मगर हुन भन्ने राम्ररी थाहा भएपछि मगर समाजले अभियान शुरु गर्ने मोडसम्म पुग्यो ।

यतिसम्म हुदाँ पनि जोय जीवन घटनाक्रमको वास्तवीकता के हो ? यसमा दोषी को ? अब घटनाचक्रले के मोड लिन्छ ? र के सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा आएका कथा कहानीहरु सबै सत्य हुन त ? यी आफैमा प्रश्न बनेर बसी रहे ।

अब के हो त सत्य जोयाले जीवन र उनको परिवारलाई छोडी आफ्ना बच्चाहरु समेत सारा नेपालीलाई महान भन्दै फिलिपिन्स तिर जानुको सत्य ?

अब हामी सत्यतिर लागौ । तपाई फिलिपिन्स जानु भएको छ ? यदि नजानु भएको भएपनि अरु देशमा त पक्कै जानु भएको होला ? त्यो पनि नगएको भए कुनै फिलिपिनी नागरिक संग त तपाईको संगत भएको होला ? त्यसो पनि नभएको भए फिलिपिन्स बारेमा जानकारी हासिल गर्नु भएको होला ? यदि यो सब छैन भने पनि अब बिस्तारै जानकारी लिन सक्नु हुन्छ । फिलिपिन्स आफैमा राम्रो देश र त्यहाँका नागरिकहरु आफैमा राम्रा छन । फिलिपिन्सको नियम कानून अनुसार र अहिले चलिरहेको ब्यवहारिकपनलाई नियालेर हेर्दा फिलिपिन्सका नागरिकहरु विश्वका धेरै भन्दा धेरै देशहरुमा कामको सिलसिलामा गएका छन ।

हाम्रो नेपाली कानून र संस्कार भन्दा फिलिपिन्सको कानून र संस्कार धेरै फरक छ । जसरी जोया खुसी खुसी आफ्ना बच्चाहरु लिएर गईन । त्यस्ता थुप्रै जोयाहरु आफ्ना बच्चा लिएर बिभिन्न देशहरुबाट आफ्नो देश फिलिपिन्स फर्किने गर्छन । फिलिपिन्सको लागि यो नौलो वा अनौठो घटना होईन । फिलिपिन्सले आफ्ना नागरिकले विदेशबाट कमाएर ल्याएका सबै कुरालाई स्वीकार गरेको हुन्छ । त्यहाँको कानून अनुसार फिलिपिन्सको बाल कल्याण गृहमा यस्ता बच्चाहरुलाई फिलिपिन्स सरकारले आफ्नो संरक्षण प्रदान गरेर पालन पोषण गरी भविश्यमा सरकारी कामकाज मै लगाउने ब्यवस्था छ । त्यो सामाजिक सञ्जालमा भने जस्तो ती बच्चाहरु अनाथ हुदैनन ।

जोया घटनाक्रम बारे कुरा उठाउँदा नेपाली संस्कार र कानून अनि फिलिपिन्सको संस्कार र कानूनी ब्यवस्थालाई राम्ररी अध्ययन नगरी जसरी आफ्नो अगाडी जे आयो त्यहि सत्य भनेर जसरी एउटा घटनाका लागि सारा नेपाल र नेपालीलाई अनाहकमा बदनाम हुने कार्य जो सामाजिक सञ्जालले गरे यस्ता लेख र सत्य तथ्य सावर्जनिक गर्नु अगाडी त्यसका सबै पक्षलाई केलाएर सहि कुरालाई सूचनाका रुपमा प्रस्तुत गर्नु पर्नेमा त्यसो नगर्दा नेपालीहरु कति हुस्सु र अनभिज्ञ रहेछ भन्ने सन्देश फैलियो । यो सबैका लागि नराम्रो कुरा हो । सबैले एउटा कुरा के ख्याल गर्नु पर्यो भने कुनै पनि कुरा उठाउनु भन्दा पहिला सत्यको नजिक पुगेर अध्ययन गरेर मात्र अगाडी जानु पर्यो ।

एकजना नेपाली महिला कुनै देशमा गएर नेपाल फर्किदा त्यहाँबाट उनी गर्भवती भएर आउँदा नेपाली समाज र कानूनले जसरी हेरेको छ र हुन्छ त्यसरी फिलिपिन्समा हेरिदैन यहि सत्य हो । र अर्को कुरा फिलिपिन्सका युवती तथा महिलाहरुले सिमित अवधिका लागि सम्र्पक विवाह गर्ने चलन पनि छ । जोया र जीवनबीच भएको विवाह कस्तो थियो रु त्यो जीवन थापा मगरलाई राम्ररी सोधेपछि थाहा भई हाल्छ ।

यहाँ दोषीको कुरा गर्दा जोया र जीवन कसरी विवाह गरे त्यो कुरा नेपाल आएपछि सबै सामू खुल्ला रुपमा जानकारी गराई आधाकारिक रुपमा विवाह दर्ता गराउनु पर्नेमा त्यो नगराउनु त्यो उनीहरु दुबैको दोष देखिन्छ । तर उनीहरुले यसरी विवाह दर्ता नगराएको तर्फ हेर्ने हो भने उनीहरुबीच सिमित अवधिका लागि सम्पर्क विवाह भएको हुन सक्ने र पछि नेपाल आएपछि पारिवारिक हिसाबले गर्दा उनीहरु चुपचाप बसीरहेको कुरा देखिन आउँछ । त्यो सब जे भएपनि फिलिपिन्स सरकारले जोयाको तर्फबाट तिर्नु पर्ने भिषा लगायतका शुल्कहरु तिरेर खुसी खुसी लैजानुलाई पनि गहिरो हिसाबले अध्ययन मनन गर्नु नसक्नु यसरी अर्धसत्य समाचार प्रकाशन प्रसारण गर्नु अनैतिक कार्य हो । यस्ता नकरात्मक समाचार र सूचना राम्ररी अध्ययन र त्यसबाट पर्ने प्रभाव र परिणामको ख्याल नगरी सूचना प्रवाह सामाजिक अपराध भित्र पर्ने कार्य हो यस तर्फ राम्ररी सोच्न र मनन गर्न सबैमा अनुरोध गरिन्छ ।
-प्रेम कार्कीको फेसबुकबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!