खेलकुद विश्वविद्यालय स्थापनामा एमाले जोड

- August 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले खेलकुदलाई व्यवस्थित र संस्थागत गर्नका लागि खेलकुद विश्वविद्यालयको स्थापना गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घले आज यहाँ आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले विश्वविद्यालयको स्थापनाबिना नेपाली खेल जगत्मा उपलब्धि हासिल गर्न नसकिने बताए ।

एमाले नेता एवं पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौलेलले खेल हरेक प्रणालीको जीवनमा आवश्यक पर्ने हुनाले यसको विकास गर्न अत्यन्तै आवश्यक रहेको ठहर गरे ।

राष्ट्रिय विश्वविद्यालय खेलकुद सङ्घका अध्यक्ष अनिल रिजालले राम्रो खेलाडी उत्पादन गर्ने मूल थलो भनेकै विश्वविद्यालय रहेकाले विश्वविद्यालय स्थापनाका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
नेपाल खेलकुद महासङ्घका सचिवालय सदस्य ईश्वर बिंडारीले परम्परागत रुपमा चलिरहेको खेलकुदको विकास गर्न अत्यन्त आवश्यक रहेकामा जोड दिए। रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!