नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषदको अध्यक्षमा श्रेष्ठ

- August 21, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद्को अध्यक्षमा डा.राजेशकाजी श्रेष्ठलाई चयन गरेको छ । चीन सरकारबाट अगाडी ल्याएको पुरानो सिल्क रोड पुनः सुचारु गरी नेपाल–चीन उद्योग वाणिज्य संघले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय परिषद् समेत गठन गरेको छ । नेपाल सिल्क रोडको अवधारणामा सहभागि हुने भए पश्चात सिल्क रोडको महत्वलाई ध्यानमा राखी निम्न पदाधिकारीहरु सहित सिल्क रोड चेम्बर गठन गरिएको जनाएको छ । जसमा अध्यक्ष श्रेष्ठ र सदस्यहरुमा क्रमशः त्रिभुवनधर तुलाधर, विनोदबहादुर श्रेष्ठ, सुरेन्द्रवीर मालाकार, रणबहादुर श्रेष्ठ, राजेन्द्र मल्ल, उपेन्द्र पौड्याल, प्रसिद्धबहादुर पाण्डे, किरणप्रकाश शाखः, अर्जुनप्रसाद शर्मा, उमेशलाल श्रेष्ठ, आरवी रौनियार, प्रकाशसिंह कार्की, विष्णु खत्री, डा. हसिशचन्द्र शाह, संजय अग्रवाल र जियाङ सिं पिङ रहेका छन् ।
परिषद्को स्थापनाबाट सिल्क रोडले जेडिएका मुलुकहरुमा हुने गतिविधि र विकासबाट नेपालले लाभ लिन सक्ने गरी कार्यहरु अगाडी बढाउने छ । सिल्क रोडमा एसिया, गल्फ तथा युरोपका राष्ट्रहरु समेत समावेश भई विकासका अवधारणाहरु अगाडी बढाउने भएकोले यातायत संजाल, रेल, समुन्द्री मार्गबाट जोडिनुका साथै क्षेत्रीय व्यापार, लगानी, पर्यटन, उर्जा आदी क्षेत्रको विकासमा एकजुट भई सम्पूर्ण क्षेत्रले नै सम्बृद्धि हाँसिल गर्ने अध्यक्ष श्रेष्ठले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!