अञ्जु पन्तले काउकुती लाग्यो भने पछि…

- August 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चल्तीकी गायिका हुन् अञ्जु पन्त । उनले गाएका चलचित्रका देखि आधुनिक र हरेक प्रकारका अधिकांस गीतहरु चर्चित छन् । देश बिदेशका कार्यक्रमहरुमा पनि उनको माग अत्याधिक हुने गर्छ । यो सब उनको स्वरको माधुर्यताले उनलाई दिएको स्थान हो । यी गायिकाले पछिल्लो पटक आफुलाई काउकुती लागेको बताएकी छिन् । तर उनले आफैंलाई काउकुती लागेको बताएकी भने होईनन् । प्रसंग हो उनले निर्माणाधिन चलचित्र सुक्का मानोको लागी गाएको गीत काउकुती लाग्छ अचेल किन होला कुन्नी को ।

anju panta 1

प्राईम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा वैंशालु युवतीले व्यक्त गर्ने कौतुहल पूर्ण भाव व्यक्त गरिएको छ । उक्त चलचित्रको लागी गणेश सुबेदीले शब्द लेखेका छन् भने राजिव शाहले संगीत तथा एरेञ्ज गरेका छन् । नेपालका आदिवासी राई जातिको संस्कृतिमा आधारित कथा बोकेको उक्त चलचित्रको गीत रेकर्डिङ कार्य धमाधम भई रहेको छ । उक्त चलचित्रको लेखन तथा निर्देशन तुलसी बाँस्कोटाले गर्दै छन् भने निर्माण चन्द्र बहादुर राईले गर्दै छन् ।

सुक्का मानोचलचित्रको कलाकारहरुमा एलबि हिमाल राई पार्वती राई र पूजा भडारी पक्का भएपनि अन्य कलाकारहरु छनौट चरनमा रहेको बताईएको छ । निर्माण युनिटले दिएको जानकारी अनुसार चलचित्रको छायांकन असोजको पहिलो हप्ताबाट सिन्धुली, सर्लाही, मकवानपुर, बारा, रौतहट, नुवाकोट, सिन्धुपाल्चोक लगायतका ठाउँहरुमा हुनेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!