रन सुजदेखि सावधान ! चाइनाको कमसल जुत्ता बेच्दै उपभोक्ता ठगी

- August 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-पवित्र शर्मा

काठमाडौं । नेपाली जुत्ता बजारमा पछिल्लो समयमा निस्किएको रन सुज नामक व्राण्डका उत्पादित जुत्ताहरु वारेण्टीको नाममा कमसल चाइनिज जुत्ता बजारमा विक्रि गर्दै आएको खुलासा गरेका छन् ।

आगामि दशैंमा अत्याधिक मात्रामा जुत्ताका कारोवार हुने र यही मौकामा चाइनाको कम्सल सस्तो जुत्ता नेपाली उपभोक्ताहरुलाई विक्रि गर्न रज सुज भित्रि तयारी शुरु गरेको सोही कम्पनीमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा तीव्रखबरलाई बताएका छन् ।

रन सुजले तिब्बतमा उत्पादन गरिएका कमसल जुत्तामा रातारात आफ्नो लोगो टाँँसेर नेपाली बजारमा पठाउने गरेको छ । सस्तो र गुणस्तरहिन सामानको खासाबाट अयात गरी उच्च गुणस्तरको भन्दै उपभोक्ता ठगी गर्दै आएको आरोप समाचारस्रोतको छ ।

राजधानी लगायत मुलुकको विभिन्न स्थानमा चीनियाँ सामानलाई नेपाली उत्पादन भन्दै लामो समयदेखि बिक्री वितरण हुदै आएको भएपनि सम्बन्धित निकायको अनुगनम नगर्दा उपभोक्ता ठगीमा पर्दै आएका छन् ।

रन सुजका उपभोक्ताले ६ महिनाको वारेण्टी भन्दै खरिद गरेको जुत्ता १ महिनामा नै ध्वस्त भएको पिडित उपभोक्ताले तीव्रखबरको कार्यालयमा नै आएर आफ्नो प्रमाण प्रस्तुत गरेका छन् । चीनियाँ न्यून गुणस्तरीय जुत्ता, चप्पलको आयातगरी उच्च नेपाली ब्रान्डको भन्दै विना स्वीकृति रन सुजको नाममा व्यापारीले उपभोक्तालाई बिक्री गरेर ठगी गर्दै आएको बताइएको छ ।

शिखर सुज कम्पनीमा यसअघि सामान्य मजदुरको रुपमा काम गरेका रन सुजका प्रमुख रुद्र न्यौपाने एकाएक अबैध कारोबार गर्दै चीनको खासा बजारबाट कम गुणस्तरको जुत्ता आयात गरी नेपाली स्टिकर टाँसेर बिक्री वितरण गर्ने गर्न सक्रिय छन् ।

नेपाली उत्पादनले अहिले माग अनुसारको परिपूर्ति गर्न नसकेको अबस्थामा जुत्ता बनाउने मजदुर समेत न्युन संख्यामा कामदार राखेको सो कम्पनीले लेवल टाँस्नका लागि मात्र कर्मचारी राखेको बताइएको छ । गोप्य रुपमा भक्तपुरको लोकन्थलीमा अस्थायी रुपमा रहेको एक घरबाट चीनबाट आयात गरेका न्यून गुणस्तरको जुत्ता चप्पलमा नेपाली ब्रान्डको स्टिकर टाँस्नेमात्र कार्य हुने गरेको छ । सो कम्पनीले दैनिक रुपमा नक्कली स्टिकर टाँस्ने र त्यो जुत्ता चप्पललाई बजारसम्म पु¥याउने काम मात्र गर्दै आएको छ । सो जुत्ता बजार लगेपछि नेपाली उत्पादनको नाममा न्यूनतम २५ सयदेखि ५ हजार रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । सो जुत्ता चीनियाँ बजारको खासामा न्यूनतम १ सय ५० रुपैयाँमात्र पर्ने गरेको सम्बन्धित व्यवसायीहरुले बताएका छन् । १ सय ५० रुपैयाँमा खरिद गरेको प्रतिजोर जुत्ता नेपाली बजारमा आईपुग्दा भाडा, पसलको भाडा र अन्य कर सहित ५ सय रुपैयाँ पर्ने चीनियाँ जुत्ता बिक्री गर्दै आएका एक व्यवसायीले नाम नछाप्ने सर्तमा बताए ।

सस्तोमा सामान उठाउने र त्यही सामानलाई उच्च ब्राण्ड र नेपाली उत्पादन भन्दै बिक्री बितरण हुँदा समेत सम्बन्धित निकायको ध्यान नपुग्दा लाखौं रुपैयाँ राजस्व गुम्न पुगेको छ । एकातर्फ राजस्व र आयकरमा समेत छली गरेका न्यौपानेले शिखर सुजको मार्केटिङ भएर काम गर्दा लाखौ रुपैयाँ हिनामिना गरेको शिखर सुजका एक कर्मचारीले बताए । नाम नछाप्ने सर्तमा दिईएको जानकारी अनुसार न्यौपानेले सो कम्पनीलाई बुझाउनु पर्ने ४९ लाख ५७ हजार ९ सय १८ रुपैयाँ ७६ पैसा हिनामिना गरेको आरोप रहेको छ । रकम हिनामिना गरेको पत्तालागेपछि न्यौपानेलाई सो कम्पनीबाट हटाइएको थियो । पटक–पटक रकमको हरहिसाव बुझाउन भन्दापनि उनी एकाएक काम गर्न नै नआई भागी भागी हिडेको स्रोतको भनाई रहेको छ ।

लामो समयसम्म भागी–भागी हिडेका न्यौपाने गोप्य रुपमा केही रकम फिर्ता गरेको र बाँकी रकम विस्तारै दिदै जाने भन्ने मौखिक सहमति भएपछि न्यौपानेसामान्य रुपमा बाहिर आउन थालेको उनी निकट एक व्यवसायीले बताए । ती व्यवसायले भने, ‘शिखरसंग मौखिक सहमति भएपछि उनी सार्वजनिक भएका हुन, त्यसपछि खुलेरै चीनबाट जुत्ता चप्पलको व्यवसाय सुरु गरेको हो ।’ प्राप्त जानकारी अनुसार भक्तपुरको जडिवुटी स्थितमा ब्राण्ड विना दर्ता कम्पनीमात्र दर्ता गरेर भूमीगत रुपमा सञ्चालन गर्दे आएका छन् भने ललितपुरको कुपन्डोलस्थित रहेको त्रिकोण अफसेट प्रेसबाट नक्कली नेपाली ब्राण्डको स्टिकर छपाई गर्दै आएका छन् । सयौंको सख्यामा पटक–पटक गरेर सो नक्कली स्टिकर छाप्ने गरेका न्यौपानेले छापाखानाको छपाई शुल्क समेत दिन आनाकानी गरेको स्रोतको भनाई रहेको छ । नेपाली व्यापारीले चीनको स्वशासित क्षेत्र तिब्बतको बजारबाट आयात गरेका अधिकांश कमसल सामग्रीमा नेपाली ब्रान्डको हवला दिँदै नक्कली स्टिकर टाँसी उपभोक्ता ठगी गरेको खुलासा हुँदासम्म सम्बन्धित निकायले छानविन नगर्दा उपभोक्ता दैनिक रुपमा ठगी भैरहेका छन् ।

नेपाली बजारमा रन शुजमात्र होइन अन्य शुज कम्पनिहरुले  समेत चाइनाको कमसल जुत्ता विक्रि वितरण गर्दे आएको फेला परेको ती कम्पनिहरुको बारेमा पनि तीव्रखबरले खोजी शुरु गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!