अब मेनुकाको ‘लाईफ’ श्रोतालाई दिने……(भिडियोसहित)

- August 19, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायिका मेनुका राईले आफ्नो ‘लाईफ’ स्रोतालाई दिन आएकि छिन् ।  गायिका राईले सांगीतिक कोशेली ‘लाईफ’ लिएर श्रोता तथा दर्शकमाझ आएकी हुन । कुनै समय ‘माया आरिसे’ बोलको लोकआधुनिक गीतमार्फत गायन क्षेत्रमा चर्चामा मेनुकाको यो तेस्रो एल्बम हो । यसअघि उनले ‘माया आरिसे’ र ‘१, २, ३’ नामक एल्बम ल्याएकी थिइन् ।
सार्वजनिक एल्बम ‘लाईफ’ मा ६ वटा लोकआधुनिक गीत छन् भने दुई गीतको म्युजिक ट्रयाक समेत समेटिएको छ । एल्बममा दुईदिने जीन्दगी, साकेला गीत, वितेका ती पलहरु, जुनीजुनीसम्म र माया आरिसे बोलका गीत समावेश छन् । ‘माया आरिसे’ मेनृुकाको चर्चित गीत हो । एल्बमका अन्य गीतमा भुपेन्द्र खड्का, पवित्रा चाम्लिङ राई र रिदम राईको शब्दरचना रहेको छ ।  ती गीतमा राज्य राई, पवित्रा चाम्लिङ राई र रिदम राईकै संगीत रहेको छ ।

14081224_1425874360773076_3784352_n
एल्बममा समावेश गीतमध्ये ‘दुईदिने जीन्दगी’ लाई भिडियोमा ल्याइएको छ । ‘हे प्यारा प्यारा’ शीर्षक दिइएको यस भिडियोमा अकेशा विष्ट र बोनी एण्ड गु्रपको अभिनय रहेको छ । यस भिडियोलाई पासाङ योन्जन लामाले निर्देशन गरेका हुन् । मेनुकाको ‘लाईफ’ को अडियोलाई रिभेन्स म्युजिक क्रियशनले बजारमा प्रस्तुत गरेको हो ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!