सरकारी शिलबन्दीलाई व्यवसायीको करौती/ विग मार्ट नामको सुपरमार्केटको मालिकले तोडे शिल

- August 17, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । उपत्यका लगायत देशको विभिन्न स्थानमा सहज र सस्तो गुणस्तरिय सामानको बिक्री वितरण गर्ने भन्दै स्थापना गरिएको अधिकाशं सुपरमार्केटहरुले सरकारी निर्देशनलाई वेवास्था गर्दै गुणस्तहिन सामान बिक्रीमात्र गरेका छैनन, उनीहरुले कर र राजस्व समेत छली गरेको खुलासा भएको छ । सुपरमार्केटमा मिति सकिएका सामान र गुणस्तहिन सामान बिक्री गर्दै आएको भाटभटेटी र बिग मार्ट नामको पसललाई सरकारी अनुगमन टोलीले शिल लगाएको ३ घण्टा वित्न नपाउदै मार्केटका मालिकले शिल तोडी सामान बिक्री गरेका छन् ।
सरकारी टोलीले अनुगमन टोली बनाई कार्यसम्पादनमा लाग्दै गर्दा व्यवसायीले भने सरकारको निर्देशनलाई अटेर गर्र्दै गुणस्तहिन सामान बिक्री वितरण गरि रहेको खुलासा भएको छ । यसैक्रममा सरकारले सोमबार म्याद सकिएको सामान बेचे आरोपमा ‘बिग मार्ट’ नामको सुपरमार्केटमा शील लगाएर फर्किए तगत्तै तोडेर कारोबार गरेको छ । सोमबार आपूर्ति मन्त्रालयबाट खटिएको अनुगमन टोलीले कालोपुलस्थित बिगमार्टमा शिलबन्द गरेको थियो । तर सुपरमार्केटमै उपभोग्य म्याद नाघेका सामग्री भेटिपछि टोलीले बिग मार्टको चारवटा सटरमा सिलबन्दी गरेको थियो । मार्टले सरकारले लगाएको सीलबन्दी तोड्दै मंगलबार एउटा सटर खोलेर सामान बिक्री गरेको छ ।
मोटरसाइलको चावी निकाल्न भन्दै मार्टका कर्मचारी गोपाल थापाले सीलबन्दी तोडेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा स्थानीयले खबर गरेका थिए । खबर पाए लगत्तै गएको सरकारी टोलीले हिजो (सोमबार) लगाएको शील तोडेको पाइएपछि केहीबेर ती कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताए ।
निर्देशक श्रेष्ठले भने,‘सरकारले म्याद नाघेका सामाग्री बेचेको भेटेपछि कारवाहीमा लागि सीलबन्दी गरेको थियो, आजै शील तोडिएको छ, यो आपराधिक कार्य हो ।’ यसरी शील तोड्ने मार्टका सञ्चालकलाई कारवाही गर्न विभागले महानगरीय प्रहरी परिसरलाई पत्र पठाउने समेत विभागले जनाएको छ । सरकारले गरेको सीलबन्दी तोड्नु सार्वजनिक अपराध ऐन भएको भन्दै सोही ऐन अनुसार कारबाही गरिने विभागको दावी रहेको छ ।
यसैबीच, आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि १२ वटा टोली एकैसाथ बजार अनुगमनमा खटिएका छन् । बिहानैदेखि ४ वटा टोलीले काठमाडौंमा विभिन्न उपभोक्तासँग प्रत्यक्ष जोडिने व्यवसायिक स्थलहरुमा अनुगमन गरिरहेको विभागले जनाएको छ । बजारमा अस्वभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावट विरुद्ध सरकारले विशेष अनुगमन सुरु गरेको विभागले जनाएको छ ।
प्रधानमन्त्री दाहालले दिएको निर्देशनपछि आपूर्तिमन्त्री दीपक बोहोराले अनुगमन सुरु गर्नेबारे आइतबार उद्योगी ब्यवसायीहरुसँग छलफल पनि गरेका थिए । उद्योगीहरुले केही दिन अनुगमन रोकेर मौज्दातको विवरण लिन सरकालाई आग्रह गरेका थिए । मुख्य रुपमा बजारमा भइरहेको कालोबजारी, अद्याद्य वस्तुको बिक्री वितरण, अस्वभाविक मूल्यवृद्धि, मिसावट, मिति नाघेका खाद्य पदार्थको बिक्री वितरणर गुणस्तरहिनतालाई नियन्त्रण गर्नेगरी अनुगमन सुरु गरिएको विभागको टोलीको रहेको छ । सरकारले विभिन्न उद्योग, विक्रेता, व्यवपारी र गोदामलाई लक्षित गरेर अनुगमन गर्ने जनाएको छ ।
प्रधामन्त्री पुष्पकमल दाहालले सरकारी मातहतका सवै निकायलाई एकै ठाँउ भेला पारेर अनियमिकता, कालाबजारी नियन्त्रण गर्न तत्काल अनुगमन गर्ने दिएको निर्देशनसंगै मंगलबारदेखि १२ वटा टोली बनाई अनुगमन सूरु गरिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!