ब्लडमनी तिर्न नसकेपछि ७ नेपालीको बिजोग

- August 10, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वैदेशिक रोजगारका क्रममा साउदी अरब आएका नेपाली दाजुभाइहरु सवारी चलाउने क्रममा र सवारी चालक भएकै कारणले बिना अपराध पनि लामो अवधिदेखि जेल जीवन व्यतित् गरिरहेको फेला परेको छ ।

काभ्रेका विष्णु घिमिरेजीले आफ्नो छिमेकी रामचन्द्र तिमिल्सिनालाई ब्लडमनि तिरेर जेलमुक्त गराउन अनुनय गर्दै आएका छन् । हाम्रो नेपाली साझा मंचको फेसबुक मार्फत सार्वजनिक गरेर “नेपालीका लागि नेपाली नभए के नेपाली रु हामी बचाउछौं हाम्रो साथी भाइलाई, हैन त रु” भनेर उनीसंग सम्बन्धित समाचार पोष्ट गरेका छन् । लगत्तै साउदी अरबमै लामो समयदेखि कार्यरत समाजसेवी भक्त हमालजीले तनहुका निर्दोष व्यक्ति धनबहादुर थापा मगर पनि ब्लडमनि तिर्न नसकेर ताईफ जेलमा रहेको जानकारी गराएपछि तत्कालै अन्तर्राष्ट्रिय अभियन्ताहरुको समूह बैठकले अझै छन् कि खोजअनुसंधान गरौंू भन्ने निर्णय गरेपछि आजका दिनसम्ममा सवारी दुर्घटनासंग सम्बन्धित मुद्दामा जेलमा रहेका ७ जना नेपालीहरु रहेको फेला परेको छ । ती नेपालीहरुको बारेमा संक्षिप्त विवरण यहाँ उल्लेख छ ।

सवारी दुर्घटनाका कारण साउदी अरबका जेल रहेका नेपालीहरु

१० नामः सुरेश मण्डल
जेलः अलहासा , जेल बसेको समायावधि ६ वर्ष ६ महिना
मुद्दाको अवस्थाः ब्लडमनि ५ लाख टाका ९६ लाख ८० हजार रुपैयाँ० मांग गरेको जिल्लाः थाहा हुन नसकेको

२० नामः संजिवकुमार यादव
जेलः अलहासा, जेल बसेको समयावधि साढे दुई वर्ष
मुद्दाको अवस्थाः ब्लडमनि ९७ हजार ७ सय साउदी रियाल ९२७ लाख ८५ हजार ४ सय २७ रुपैयाँ मांग गरेको
जिल्लाः धनुषा, पुष्पवलपुर– १ रतनपुर

३० नामः विष्णुहरि पाण्डे
जेलः रियादस्थित मलालजेल, जेल बसेको समयावधि तीन वर्ष बढी
मुद्दाको अवस्थाः तीन लाख साउदी रियाल ९८५लाख ५३ हजार रुपैयाँ० मांग गरेको
जिल्लाः सर्लाही, कर्मैया ५

४० नामः भिमबहादुर दाहाल
जेलः वादी अल दवासिरस्थित कविर सिजन,जेल बसेको समयावधि चार वर्ष बढी
मुद्दाको अवस्थाः ढिसमिस
नेपालमा सम्पर्कः मेघराज दाहाल ९दाइ० ९८४२३६९७०७
जिल्लाः मोरंग, बेलबारी ८

५० नामः मदन पंधाक लिम्बू
जेलः वादी अल दवासिरस्थित कविर सिजन, जेलबसेको समयावधि एक वर्ष ९ महिना
मुद्दाको अवस्थाः थाहा नभएको
नेपालमा सम्पर्कः तेजबहादुर लिम्बू ९पिता० ९८१६०२९६४९
जिल्लाः झापा, बुधबारे ६

६० नामः धनबहादुर थापा मगर
जेलः ताईफस्थित जेल, जेल बसेको समयावधि एक वर्ष ३ महिना
मुद्दाको अवस्थाः मांग गरेको तीन लाख साउदी रियाल ९८५लाख ५३ हजार रुपैयाँ, नेपालमा सम्पर्कः युकुमारी (श्रीमती) ९८१९१४२५१७
जिल्लाः तनहुँ दुलेगौडा हलेसी ३

७० नामः रामचन्द्र तिमिल्सिना
जेलः ताईफस्थित, जेल बसेको समयावधि एक वर्ष ३ महिना
मुद्दाको अवस्थाः एक लाख बिस हजार साउदी रियाल९३४लाख २१ हजार २ सय रुपैयाँ
नेपालमा सम्पर्कः सरिता तिमिल्सिना ९श्रीमती० ९८४३८७८९८८
जिल्लाः काभ्रे कुशादेवी २ घिमिरे गाऊ

उल्लेखित नेपालीहरुको घरपरिवारको अवस्था लगभग सबैको समान छ । अरबको ५५ डिग्री तातोभूमि कोही पनि रहरले आउदैनन्, आर्थिक अभावकै खाँचो टार्न र केही सानातिना सपना पुरा गराउन आउछन् तर ती हाम्रा अभागी दाजुभाइहरु थप दुःख र पीडा बोकेर जेलमा दिन, महिना र वर्ष वितेको भित्तामा कोरेर बिताउन बाध्य छन् ।

यसबेला हामी जेल बाहिर रहेका र केही आर्जन गरेका अनि केही बोल्न सक्ने, लेख्न सक्ने क्षमता भएकाहरुले अब एक जुट भएर उनीहरुको उद्धारको अभियानमा लाग्न पर्दछ भन्ने हाम्रो ठहर र आह्वान छ ।

हामी यहाँ वैदेशिक रोजगारमा रहेकाहरुले “देशलाई के दियो र हामीले के पायौ रु” भन्ने सन्दर्भमा चर्चा गर्ने पक्षमा छैनौं । हामी प्रवासमा रहेका कम्तीमा साउदी अरबमा रहेका नेपालीहरु हाम्रा ती नेपालीहरुलाई जेलमुक्त गराउन नेपाल सरकारले तत्काल पहल गर्न आग्रह गर्दै यदी सरकार सक्षम छैन भने स्पष्ट जवाफ देओस्, हामी वैदेशिक रोजगारमा रहेका नेपालीहरु हातेमालो गर्न तयार भएको घोषणा गर्दै संयुक्तरुपमा यो विज्ञप्ति जारी गरेका छौं । एक विज्ञप्तीमा भनिएको छ ।

संयुक्तरुपमा विज्ञप्ति जारी गर्नेहरु
शशी थापा सुब्बा, लन्डन युके
निरा शर्मा, भर्जनिया, अमेरिका
नारायणी पाण्डे, फ्लोरंस, इटली
रन्जुबाबा श्रेष्ठ, हाईफा, इजरायल
बिष्णु दिखुलिमा देवान, वेम्ब्ली ब्रेंट, युके
राजेन्द्र बजगाई, बयेर्न, जर्मन
एचके लोहनी, अबुधावी
लक्ष्मण थापा, मलेसिया
भीमकुमार राई, बहराईन
भक्त हमाल, साउदी अरबिया
श्री कृष्ण श्रेष्ठ, साउदी अरबिया
सिरी यवा लिम्बू, साउदी अरबिया
तेज बहादुर थापा, साउदी अरबिया
पर्शुराम मिश्र, साउदी अरबिया
विशाल श्रेष्ठ, साउदी अरबिया
विदुर पौडेल, जुबैल, साउदी अरबिया
नवराज काफ्ले, दम्माम, साउदी अरबिया
सुर्य विक्रम याक्खा, रियाध, साउदी अरबिया
हम सुनारी मगर, साउदी अरबिया
देवेन्द्र सुवेदी, जुबैल, साउदी अरबिया
अन्जनीकुमार अधिकारी, साउदी अरबिया
ओम फुयाल, जुबैल, साउदी अरबिया
कृष्ण पुरी, जुबैल, साउदी अरबिया
भीमकुमार राई, बहराईन ं
तेजुकुमार श्रेष्ठ, साउदी अरबिया
प्रेमकुमार राई, आबुधाबी, संयुक्त अरब ईमिरेट्स
गगन नेपाली, कुवैत
अनिता बुढा मगर
विनिता दाहाल इवारम, इजरायल
रबिन गुरुङ, साउदी अरब
अनिता बुढा मगर
चित्रकुमार राई, साउदी अरबिया
शीर बहादुर गुरुङ, साउदी अरबिया
एबी राई, साउदी अरबिया
अकल प्रधान, साउदी अरबिया
बलराम खड्का, साउदी अरबिया
बेल बहादुर बुढा, साउदी अरबिया
भोज कुमार कार्की, साउदी अरबिया
बिष्णु घिमिरे, साउदी अरबिया
चन्द्र बुढा, साउदी अरबिया
चन्द्रमणि भण्डारी, साउदी अरबिया
चन्द्र रसाइली, साउदी अरबिया
धुर्ब ढकाल, साउदी अरबिया
जिके क्षेत्री, साउदी अरबिया
कोइराला अर्जुन, साउदी अरबिया
क्षेत्री लक्ष्मण
लाल शर्मा पौडेल, साउदी अरबिया
लेखु मिश्र, साउदी अरबिया
नरेन कार्की, साउदी अरबिया
प्रेम राई, साउदी अरबिया
राज कार्की
रामकृष्ण घिमिरे, साउदी अरबिया
रिमेश उदाश, साउदी अरबिया
रोशन एन श्रेष्ठ साउदी अरबिया
सागर अधिकारी, साउदी अरबिया
संजिव सुनार, साउदी अरबिया
सुमन दाहाल, साउदी अरबिया
तुल बहादुर लामा, साउदी अरबिया
शंकर महत
श्याम गोर्खालीअ
र्जुन कटुवाल कृष्णा, साउदी अरबिया
दिलिप तान्ग्लुवा राई, साउदी अरबिया
मन्जील लामा, साउदी अरबिया
राजु प्याकुरेल, साउदी अरबिया
सेनेहंग डिपिके लिम्बू, साउदी अरबिया
सिरी लिम्बू। साउदी अरबिया
महेश श्रेष्ठ, जुबैल, साउदी अरबिया


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!