सिन्धुपाल्चोकको प्रशिद्ध धार्मिक स्थल पाँचपोखरी मेला शुरु

- August 8, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । प्रशिद्ध धार्मिक एंव पर्यटकिय स्थलमा रहेको पाँचपोखरीमा अबस्थित पाँचपोखरी मेला सुरु भएको छ । सिन्धुपाल्चोक दुर्गम क्षेत्रमा पर्ने  भोताङ गाविसमा अवस्थित पाँचपोखरी मेला प्रत्येक वर्ष भदौ शुल्क पूर्णिमाको दिन ठूलो  मेला लाग्ने गरेको छ ।
ऐतिहासिक किंवदन्तीको आधारमा ऋषि वाषिष्टले तपस्या गरेको तपोभूमिकोरुपमा यस क्षेत्रलाई लिदै मानिनै आएको छ । आफ्नो ज्ञान प्राप्तीको लागि वाषिष्टले सबैभन्दा उत्तम स्थलकोरुपमा छनौट गरि पाँचपोखरी बाट नै तपोविद्या हासिल गरेको किम्बदन्ती रहेको छ । जसको कारण यस क्षेत्रलाई शान्ति क्षेत्रकोरुपमा पनि मानिसहरुले हेर्ने गरेको पाइन्छ ।

Pachpokhari-1-e1470626372746

सो स्थानमा रक्षाबन्धन अर्थात जनैपूर्णिमाको दिन देशभरिबाट भक्तजनहरुको भीँड लाग्ने पाँचपोखरीमा विभिन्न आस्था बोकेर आउने गर्दछन । चाहे अन्नपातको भरिपूर्णताको लागि होस वा चाहे पशुपक्षिंको प्रशस्ताको लागि वा चाहे सन्तानप्राप्तीका लागि सो पोखरीमा नुहाएर पुजा गरेमा प्राप्त हुने भन्ने विश्वास लिइएको छ ।

दैवी विद्या अर्थात वैदिक तन्त्रको पूर्णताको लागि पनि पाँचपोखरीमा आउने जाने गर्दछन ।  एक पटक पाँचपोखरीमा पुगेर दर्शन नगरे पूर्णरुपमा झाँक्री बन्न नसक्ने स्थानीयहरुको कथनले पनि झन यस मेलालाई सिँगार्ने गर्दछ । धामीझाँक्रीहरु आफ्नै पोषाकमा पहिरेर वरिपरी कोरसको साथमा नाच्दैगाँउदै मेला भर्न जाने गर्दछ । पाँचपोखरीको जलपान गरेपछि पाप कट्ने र धर्मको बाटोमा लाग्न सकिने भनाइ रहँदै आएकाले पनि देशविदेशमा रहेकाहरुसमेत यस मेलालाई मध्ये नजरपारेर नेपाल भित्रिने गर्दछन । विभिन्न स्थानहरुमा स्थानीय वासीहरुले स्टल राखेर भक्तजनहरुलाई सहज तुल्याइरहेको पाइन्छ । जाँहा स्थानीय स्तरमा पाइने खानाको परिकार र जाडोमा आइरक समेतको व्यवस्था गरिएको पाइन्छ ।
एकादशीबाट पूर्णिमासम्म लाग्ने यस मेलामा अघिल्लो वर्षहरुमा भक्तजनहरु आफूखुसी जाने र आउने गर्दथे ।   पाँचपोखरीको अलावा यसै समयमा रसुवाको गोसाइकुण्ड, दोलखाको कालिञ्चोक, सैलुङ लगायतका ठाउँमा पनि भव्य मेला लाग्ने गर्दछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!