युवा र नेविसंघको महाधिबेशन (लेख)

- August 8, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ई. डम्बरबहादुर सुनार……./

आज विश्वमा एकपछि अर्को गर्दै विश्व जगतमा चुनौतिको ललकार खडा गर्न तम्सिरहेको सूचकलाई द्रुतगतिमा दिशाबोध गरिरहेको बेला, प्रविधि र संचारमा आफ्नो मुलुकलाई वायुको गतिमा अगाडी बढाउदै एकपछि अर्को अन्वेषण र अविष्कार गरिरहेको बेला, सन् २०११ को जनगणना अनुसार ४० दशमलव ३ प्रतिशत अर्थात १ करोड ६ लाख ८९ हजार ८ सय ४२ युवाहरुको धनी मुलुक हाम्रो देश नेपाल भने बर्षेनी १५ लाख युवाहरुको पाखुरा बजार्नका लागि विदेशमा बेच्दछ ।
ती युवाशक्तिले पसिना बगाएर जोहो गरेको धनराशी अर्थात विप्रेशण, नेपालको कुल बजेटको २७ दशमलव ८ बराबरको हिस्सेदारी बन्दछ । एउटा ठूलो हिस्सा जो देशको विकास, निकास निष्कर्ष र विमर्शको परिधीलाई फराकिलो बनाउनमा जहिलेपनि युवापंक्तिको क्रियाशिलले ठूलो भुमिका खेलेको पाईन्छ ।
आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफूसँग भएको त्यहि युवाहरुको जमातको धम्की दिई विश्व यात्रामा निस्केका छन् । डिजिटल ईण्डियाका नारा पनि तिनै युवाहरुको दममा आज मोदी विभिन्न मञ्चको पोडियममा प्रफुल्ल मुद्रामा पस्किने गर्दछन् ।
हाम्रो देशको इतिहासको पानामा पनि युवाहरुको वलवुता र आदम्य साहसले गर्दा पनि वीर गोर्खाली भनेर विश्व सामु एउटा बेग्लै र असाधारण पहिचान बनाएको कुराको गौरवमय गाथा साटासाट गर्न हामी नेपाली सबै खप्पिस नै भएको जनाउ त्यही गोर्खाली भन्ने शब्दको प्रयोगबाट प्रतिविम्बित हुन्छ । सायद त्यो युवा जनशक्ति नभएको भए राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने जमर्को अनि सपना पनि देख्ने थिएनन् होला, युवाहरुको ठूलो पंक्ति जो हिजोको एक्लो–नेपाल बार मा सहभागि भएर देशको सार्वभौमसत्ता जोगाउन, देशको सिमाना जोगाउन, अनि भौगोलिक अखण्डताको रक्षाको खातिर जीवन उत्सर्गको श्रृङखला र उदाहरण बनेको छ विश्व इतिहासमा इतिहासका पानाहरु पल्टाउने हो भने आजको दिनमा नेपालीहरुलाई गर्व गर्न प्रशस्त ठाउँ छ ।
एउटा कालखण्ड थियो जतिखेर २५ वर्षको खल्लारे ठिटो विश्वेश्वरप्रसाद कोईराला, २३ वर्षका गणेशमान सिंह र १४ वर्षका कृष्णप्रसाद भट्टराई लगाएत कैयन युवाहरुले एक शताब्दीदेखि अहंकारको राजनीति पालेर शासन पद्धति चलाईरहेका राणाशासनका विरुद्ध संघर्ष गर्ने अठोरको श्री गणेश गरेका थिए । वास्तवमै त्यो अदम्य साहस, राजनैतिक परिपक्कवता, आत्मविश्वास र राष्ट्रभक्त भावना अनि चरित्रले ओतप्रोत भएको त्यो परिवर्तनकारी र क्रान्तिकारी पंक्तिले गरेको शसस्त्र र निशसस्त्र क्रान्तिको फलस्वरुप अन्ततः फाल्गुण ७, २००७ मा नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेर खुला राजनैतिक व्यवस्थाको आगमनमा खेल्न र परिष्कृत हुने अभ्यास गर्न थाले ।

आन्दोलनको श्रृङखलाले यहि पूर्णता पाएन, फेरी २०४६ अनि २०६२/६३ को अर्को आन्दोलनको यात्राले राजनैतिक वृत्तमा एउटा बेग्ला वेग्लै अनि आवश्यकता बोधको आकार लियो जसमा युवा विद्यार्थीको ठूलो हिस्साले अजम्बरी योगदान दिएर नेपालको राजनितिक वृत्तमा एउटा बेग्लै आयाम खडा भयो । युवाहरुको बलिदानी र संघर्षले सिंञ्चिएको पार्टी, गणेशमान सिंहको आदम्य साहस र बलिदानी, कृष्णप्रसाद भट्टराईको त्याग, निष्ठा र इमान्दारीताले सृजित, विपी कोईरालाको विचार र सिद्धान्तले दिक्षित यो पार्टी लाई १३ औँ महाधिवेशनको पूर्व सन्ध्यामा धन्नले संवैद्यानीक संकट नामको लक्ष्मण रेखाले बनाईसकेको थियो तर जोगियो । आज त्यहि पार्टीको विभिन्न भातृ संस्था अनि शुभेच्छुक संस्थाहरु पनि आफ्नो वेग र गतिबाट बञ्चित भएका छन्पाटीभित्र जकडिएर बसेको तथाकचित गुट र उपगुटको राजनितिक दाउपेचले गर्दा ।
विगत लामो समय देखि हुन नसकेको नेविसंधको महाधिवेशनको पराकाष्टले नेतृत्वको लागि विभिन्न उमेरसमूहका आफ्नो उम्मेदवारी पस्कन बाध्य भएका छन् यतिखेर । राजनीतिक यात्राको दौडमा नेवि संघको अध्ययक्षको जिम्मेवारी बोकेको अनुभवले राष्ट्रिय राजनीतिको सिढि चढ्नलाई सुविधा प्रदान गर्छ भन्ने कुरामा राम्रो ज्ञान भएर नै होला । अघिकांश युवा विद्यार्थीको चाहना ने.वि.संघको नेतृत्व र पदाधिकारीमा आफ्नो अभिरुचि सहित युद्धस्तरको तयारीमा तल्लीन भएको तमाम युवा विद्यार्थीहरुको माहोलले फेरी आठाँै पटक यो महाधिवेशनको माहोलमा रक्तसंचार प्रदान गरेको छ ।

फेरी पनि यो आठौँ पटकको प्रयासले पछिल्लो सातौँ पटकको नतिजा दोहो¥याउने डर पनि कता कता कायम राखेको जस्तो पनि देखिन आउँछ कता कता प्रतिनिधिहरुको सम्पूर्ण रुपमा नमावली प्रकाशित नभएकोले। तर बर्तमान पार्टीको केन्द्रिय समिति अनि निर्देशन समितीको अनवरत गृहकार्य पछि र महाधिबेशनको उद्घाटन सत्र समेत सफलतापूर्बक सम्पन्न भईसकेको अवस्थामा महाधिबेशन कुनैपनि हालतमा हुदैन भन्नेहरुका लागी मुख बन्द हुने गरी गतिलो जवाफ पाएका छन् । तथापी ऐतिहासिक कालखण्डमा नेवि संघ नेपालको हरेक महत्वपूर्ण परिवर्तन र आन्दोलनको संवाहक बनेर अग्रपंक्तिमा उभिएको इतिहास प्रस्ट छ ।
रचनात्मक विचार, विमर्ष, समाधान र सफल वैज्ञानिक कार्यदिशाको मूल सुत्रबाटमा पाइला चाल्ने बेलामा कैयन विद्यार्थी नेताहरु परम्परागत शैलीमा अभैmपनि नेता परिक्रमा गरेर आपूmलाई सफल विद्यार्थी युवा नेताको दर्जा उभ्याउन चाहन्छन् । कस्मोपोलिटियनको यो युगमा नीति र उत्तरोत्तर भिजनका लागि पराक्रम गरेर आपूmलाई यो वैज्ञानिक युगको साच्चै आधुनिक युगको विद्यार्थी नेता सावित गर्नुपर्दछ जो अहिलेको आवश्यकता हो । नेविसंघ नेपाली कांग्रेसको सच्चा अनि जिम्मेवार नेता जन्माउने कारखाना बनाउनुपर्दछ नकी कच्चा र गैरजिम्मेवार । त्यसैले आसन्न नेविसंघको ११ औँ महाधिवेशनलाई नीति र विचार सहितको नेतृत्व लाखौ युवाहरुको सच्चा भातृत्व, लाखौ युवाहरुको सच्चा दायित्व बनाउनका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुले ¥याश्नालिटि अपनाउनु पर्दछ र यो युवा र नेविसंघको महाधिबेशन ।
युवाहरुको बलिदानी र संघर्षले सिंञ्चिएको पार्टी, गणेशमानसिंहको आदम्य साहस र बलिदानी, कृष्णप्रसाद भट्टराईको त्याग, निष्ठा र इमान्दारीताले सृजित, वि.पी. कोईरालाको विचार र सिद्धान्तले दिक्षित यो पार्टी लाई १३ औँ महाधिवेशनको पूर्व सन्ध्यामा धन्नले संवैद्यानीक संकट नामको लक्ष्मण रेखाले बनाईसकेको थियो तर जोगियो । आज त्यहि पार्टीको विभिन्न भातृ संस्था अनि शुभेच्छुक संस्थाहरु पनि आफ्नो वेग र गतिबाट बञ्चित भएका छन्पाटीभित्र जकडिएर बसेको तथाकचित गुट र उपगुटको राजनितिक दाउपेचले गर्दा ।  यो वैज्ञानिक युगको साच्चै आधुनिक युगको विद्यार्थी नेता सावित गर्नुपर्दछ जो अहिलेको आवश्यकता हो ।

नेविसंघ नेपाली कांग्रेसको सच्चा अनि जिम्मेवार नेता जन्माउने कारखाना बनाउनुपर्दछ नकी कच्चा र गैरजिम्मेवार । त्यसैले आसन्न नेविसंघको ११ औँ महाधिवेशनलाई नीति र विचार सहितको नेतृत्व लाखौ युवाहरुको सच्चा भातृत्व, लाखौ युवाहरुको सच्चा दायित्व बनाउनका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुले ¥याश्नालिटि अपनाउनु पर्दछ र यो महाधिवेशनको औचित्य पुष्टि हुन्छ । नेबि संघको गतिशिलता माथि प्रश्न चिन्ह तेर्साउनेहरुका लागि यो महाधिबेशनले अब उपरान्त प्रश्न होईन सम्मान प्रकट गर्ने वाताबरण बनाउनसके ९ बर्ष सम्म हुन नसकेको महाधिबेशनको असफलता सफलतामा परिणत हुनेछ ।  जय नेपाल ।
                                                                      उपाध्यक्षका उम्मेद्वार, दलित समाबेशीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!