मेलम्ची नगरपालिकाको बजेट सक्ने नयाँ-नयाँ योजना/ फोहोर फाल्ने खाल्डोमा पानी पस्यो

- July 31, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । मेलम्ची नगर पालिकाले आर्थिक वर्ष २०७२/७३ को बार्षिक योजनाहरु र विनियोजित बजेट सक्नकै लागि हचुवाको भरमा खाल्डो खन्ने  कार्य गरेको खुलासा भएको छ । विना अनुगमन र योजनामा विनियोजित रकम सक्नकै लागि अस्थायी रुपमा भन्दै इन्द्रबती नदीको किनारमा फोहोर फाल्न भन्दै खनिएको खाल्डोमा पानी भरिएर पोखरी बनेको छ । नगरपालिकाले सो खाल्डो खन्नमात्र ३ लाख रुपैयाँ रकम निकासा गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । वातावरण दिबसको अबसर पारेर मेलम्ची प्रहरी कार्यालयले र मेलम्ची नगरप्रमुख पूर्ण दुलालको अगुवाईमा सो खाल्डोमा फोहोर फालेर सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दाको चर्को विरोधपछि सो खाल्डोमा फोहोर फाल्न छोडिएको थियो । तर केही दिन अघि आएको बाढीको पानी सो खाल्डोमा भरिन पुगेको छ ।
नगर प्रमुखले अस्थायी रुपमा मात्र सो खाल्डो खनेको भन्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय बासिन्दाले भनेका छन्, ‘विना योजना र मापदण्ड विपरित किन खोलाको किनारमा फोहोर फाल्ने खाल्डो खनियो, अनी किन अन्धधुन्ध रकम निकासा गरियो, सो रकम सहि सदुपयोगमा लगाएको भए हुने थियो ।’ यस सम्बन्धमा पटक/पटक नगर प्रमुख दुलालसंग सम्र्पक गर्दा उनीसंग सम्र्पक हुन सकेन ।
नगरपालिकाले पÞmोहोर व्यबस्थापन गर्न इन्द्रावती नदिमा निर्माण गरेकोे डम्पिङ साइड भित्रै खोला पसे पछि बजेट सक्ने काम मात्र भएको आरोप समेत स्थानीय राजनीतिक दलका नेताहरुले लगाएका छन् । जनताको नाममा उपलब्ध लाखौं रकम को दुरुपयोग गरेको आरोप समेत नगर प्रमुख दुलाल माथी लगाईएको छ ।
यसैगरी, नगर प्रमुख दुलालले सूरुमा विकास निमार्ण कार्यमा मापदण्ड देखाउदै निमार्ण कार्य रोक्ने तर १ महिना पछि मापदण्ड विपरित स्वीकृती दिदै कमिशनको खेलमामात्र लागेको आरोप स्थानीय बासिन्दाले लगाउदै आएका  छन् ।
मेलम्चीबाट एक स्थानीय बासिन्दाले नाम नलेख्ने सर्तमा दिएको जानकारी अनुसार सुरुमा आएका नगरप्रमखु अग्नी अधिकारीले समेत सर्वदलिय बैठक विनानै रकम निकास गर्ने गरेको भन्दै स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले विरोध जनाएपछि सरुवा भएको जनाएका छन् । सो रिक्त स्थानमा नेपाली काँग्रेसका नेता तथा पुर्वमन्त्री प्रकाशमान सिंहका पिए श्रीराम लामिछानेको सिफारिसमा नयाँ नियुक्ती लिएर मेलम्ची नगरपालिका पुगेका पुर्ण दुलाल समेत उही कमिशनको खेलमा लागि परेको आरोप लगाएका छन् ।
नगरपालिकासंगै आएका नगरप्रमुखहरुको शंकास्पद विवादीत कामले दुःखी बनाएको हो ।  नगरपालिका आएपछि राजश्वमात्र उठाउने र सेवा सुविधा केही नदिदा नगरबासी चिन्तित बनेका हुन् । मेलम्ची सिटीपार्क निर्माणको लागि नगरपलिकाले टेण्डर आह्वान पश्चात कमिसन मिलाएर दलका प्रतिनिधिलाई कमिशन बाँडेर टेण्डर नगरेको खुलासा भएपछि नगरपालिकाको कार्यसम्पादनको कमिशन खेल सतहमा आएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!