करोडौ ठगी गर्ने सनिश मिश्र २ लाखमा छुटे / मुद्दा विफल बनाउन जर्नेल–कर्णेल सफल

- July 29, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । दैनिक पत्रिकामा विज्ञापन गरेर लामो समयदेखि मिटर व्याजमा रकम लगानी गर्दै आएका शनिस मिश्र थोरै धरौटीमा छुटेको खबर प्राप्त भएको छ । ब्याजको प्रलोभनमा पारेर नेपाली सेनाको कर्णेलदेखि सिपाहीसम्म र सरकारी कार्यालयका हाकिम हुँदै व्यापारी र सर्वसाधारणको राम्रै सिकार गर्न सफल भएका ३३ वर्षीैय सनीश मिश्र र उनको श्रीमती सिर्जना भण्डारीमाथि प्रहरीले अनुसन्धन प्रक्रिया अघि बढाइरहेका बेला सेनाका पुर्व जर्नेल र कर्णेलहरुकै दबाबमा २ लाख रुपैयाँ धरौटी राखी हिरासत मुक्त गरिएको एक पिडितले जनाएका छन् । प्रहरीले अनुसन्धान गरि रहेको बेला ठगीएका भन्ने ६३ जनामा कोही पनि प्रहरी कार्यलय उपस्थीत नभएपछि र लगातारको सुरक्षा निकायबाटै छुटाउन दवाव आएपछि २ लाख रुपैयाँ धरौटी लिएर छोडिएको छ ।
सुरुमा ठगी भयो भन्दै प्रहरी समक्ष पुगेकाहरुपनि पछिल्लो समयमा मिटर व्याजमा मिटर लगानी गरेको पैसाको स्रोत खोजीने डरले सम्बन्धित ठाउँमा बयान दिन नगएको समेत प्रहरी स्रोतको भनाई रहेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी स्रोतका अनुसार अनुसन्धन प्रक्रिया अघि बढ्दै जाँदा लहरो तान्दा पहरो गर्जिने स्थिति उब्जिने संकेत देखिएपछि यो धन्दालाई गुप्त रुपमा तर नजिकबाट सघाइरहेका नेपाली सेनाकै एक कर्णेल भने दिनमा भोक न रातमा निन्द्राको अवस्थामा पुगेको थाहा भएको छ । स्रोतका अनुसार चातर्युतापूर्वक ठगीको जाल बुनेर धेरैलाई फसाउन सफल भएका सनिश मिश्र दम्पत्तीको यस्तो धन्दामा पर्दा पछाडि बसेर सघाएका नेपाली सेनाका कर्णेल विष्णु चापागाई यसमा तानिने सम्भावना देखिएपछि जोगिन अनेक दाउपेचमा लागेको खासुखुस प्रहरी र सैनिक वृत्तमा हुने गरेको समाचार छ ।
नेपाली सेनाका कर्णेलदेखि पूर्वकर्णेलहरुसँग मिश्रको सम्बन्ध बनाइदिएर ठगीको कनेक्सन मिलाइदिएका कर्णेल चापागाई यो ठगी काण्डको अनुसन्धान लम्बिदै जाँदा आफू समेत तानिने भएपछि अहिले शक्ति केन्द्र धाएर ठग दम्पत्तिलाई छुटाउन मरिहत्ते गरिरहेको बताइन्छ ।
पैसालाई मात्रै अर्जुनदृष्टि बनाउने भ्रष्ट स्वभावका चापागाई त्यस्ता व्यक्ति हुन् जसलाई नेपाली सेनाको राशन ठगीको आरोपमा तत्कालीन नेपाली सेनाका प्रधानसेनापति छत्रमान गुरुङले बर्खास्त गरेका थिए ।
स्रोतका अनुसार नैतिकता र इमान्दारिता भन्ने कुरा फिटिक्कै नभएको आरोप खेप्दै आएका कर्णेल चापागाईले नेपाली सेनाका कैयन बहालवाला र भूतपूर्व कर्णेलहरु ठग्ने यो उपक्रममा आफ्नै नजिककाहरुको समेत शिकार गरेका छन् । कर्णेल अर्यालले आफ्नै ब्याजी कर्णेल सम्पत अर्याललाई ब्याजको लोभ देखाएर नियतबस फसाएको चर्चा अहिले सेनाभित्र हाँसोको विषय बन्ने गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!