वर्षाले देशका विभिन्न भाग डुबानमा परेका तथा जनधनको क्षति बारे जानकारी दिन माग

- July 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ / आजको व्यवस्थापिका–संसद्को बैठकमा शून्य समयमा सांसदले अत्तरिया नगरपालिकामा रहेका सुकुम्बासी समस्या हल गर्न, स्थानीय निकायको सङ्ख्या न्यूनतम एक हजार बनाउन र प्रवासी नेपालीलाई आगामी निर्वाचनमा मतदानको व्यवस्था मिलाउन माग गर्नुभयो ।
यसरी आफ्नो भनाइ राख्नेमा दीर्घराज भाट,  तुला हरिजन, दुर्गा पौडेल, राजेन्द्र थारू, भानु महरा, प्रेम सुवाल, धनीराम पौडेल,  नागेन्द्र थारू र प्रेम सुवाल हुनुुहुन्थ्यो । यसैगरी उहाँहरुले चितवनको माडी नगरपालिकाभित्र हात्ती र गैँडा आतङ्क रोक्न सदन र सरकारको ध्यानाकर्षण गराएकाछन् ।
हालैको निरन्तरको वर्षाले देशका विभिन्न भाग डुबानमा परेका तथा जनधनको क्षति भएकाले यसका बारेमा सरकारले सदनमा जानकारी दिन उहाँहरुले माग गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!