दक्षिण कोरियामा युवाहरुमा बेरोजगार दर बढ्यो

- July 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सोल । दक्षिण कोरियामा गएको महिनामा युवामा बेरोजगारी दर बढेको पाइएको छ । दक्षिण कोरिया सरकारले अघिल्ले वर्षको तुलनामा मे महिनामा दक्षिण कोरियामा युवामा बेरोजगार दरमा वृद्धि भएको जनाएको छ ।

गएको मे महिनामा गत वर्षको तुलनामा युवा बेरोजगार दरमा वृद्धि भएर ९/७ पुगेको दक्षिण कोरियाको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

गत वर्षको यसै महिनाको तुलनामा यसवर्ष ०/४ प्रतिशतले वृद्धि भएको हो । विगतका वर्षहरुको तुलनामा यसवर्ष भएको यो बृद्धिको बारेमा कोरियाली तथ्याङ्क विभागले हालैमात्र सार्वजनिक गरेको हो ।

यसवर्ष १५ देखि २९ वर्ष उमेरका युवाहरुमा बेरोजगारी दरमा वृद्धि भएको र मे महिनामा यो दर ९/७ पुगेको बुधबार सो विभागले जानकारी दिएको बताइएको हो ।

यस अघिका वर्षहरुमा सन् २०१३ मा यही मे महिनामा नै यो दर ८/७ प्रतिशत थियो भने सन् २०१४ यसमा वृद्धि भएर ९/३ पुगेको थियो ।

तर यसको तुलनामा दक्षिण कोरियाको बेरोजगारी दरमा भने वृद्धि भएको छैन । पछिल्लो समयमा युवाहरुमा यस्तो प्रतिशत बढ्न थालेको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!