सरकार छोडेको पत्र राष्ट्रपतिलाई बुझाउने तयारीमा प्रचण्ड, काँग्रेस र एमालेबीच माओवादी एक्ल्याउने गोप्य सहमतिको खुलासा

- July 9, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ । अन्ततः सरकार सञ्चालनका विषयमा सत्ता गठबन्धक प्रमुख दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच लामो रस्साकस्सी र विवादपछि माओवादीले सरकार छाड्ने तयारी गरेको समाचार सार्वजनिक भएको छ । केही महिना अघि सत्ता सहयात्री एमालेले सरकार गठन ताका गरिएको सहमति पालना नगरेको भन्दै माओवादीले विज्ञप्ति निकालेरै सरकार छाड्ने छनक दिएको थियो भने फेरि रातारात आफ्नो निर्णयबाट पछि हटेको थियो ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले यो सरककारलाई बजेट ल्याउन दिन र कार्यान्वयन प्रचण्ड नेतृत्वको सरकारले गर्ने भनी भद्र सहमति भएको भन्दै माओवादी नेताहरुले भन्ने गरेको भएता पनि एमालेका नेताहरु भने प्रचण्डलाई सत्ता सुम्पने कुनै सहमति नभएको बताउँदै आएका छन् । आफ्नो निर्णयबाट बारम्बार पछि हट्ने अडान नभएका नेताको रुपमा परिचय बनाएका प्रचण्डको राताराताको द्वैध निर्णयले गर्दा उनको मुखमै आएको प्रधानमन्त्री पद पनि गुमेको थियो भने उनको आलोचना समेत भएको थियो । तर यसपाली भने माओवादी केन्द्रको बैठकले सरकारबारे निर्णय गर्ने सम्पूर्ण अधिकार उनैलाई दिएकोले उनले भित्रभित्रै सरकारबाट फिर्ता भएको घोषणा सहितको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको बुझिएकोृ छ ।

प्रचण्डको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने आन्तरिक निर्णय गरिसके पछि नेकपा माओवादी केन्द्रले आईतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारप्रतिको समर्थन फिर्ता लिएको औपचारिक लिखित पत्र बुझाउने तयारी गरेको माआवादीको भित्री श्रोतले जनाएको छ ।

श्रोतका अनुसार आफ्नो नेतृत्वमा सरकार गठनको आन्तरिक गृहकार्यलाई तिब्र बनाएका प्रचण्डले नेपाली कांग्रेस लगायतका नेताहरुलाई गोप्यरुपमा भेट्ने क्रम तीब्र बनाएका छन् ।

कांग्रेस कै आग्रहमा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।  उनले आईतवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाउने तयारी भईरहेको समेत समाचार स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीले नौ बुँदे सहमति कार्यान्वयनमा वास्ता नगरे पछि प्रचण्ड कांग्रेससगँ नजिकिएका हुन् ।  अहिले उनी आन्तरिक गृहकार्यमा जुटेका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा छलफल गरिसकेका छन् स्रोतले भन्यो । प्रचण्डले सरकार गठनको विषयमा मधेसी दलका नेताहरु तथा प्रधानमन्त्री ओलीसँग असन्तुष्ट एमालेका माधवकुमार नेपाल र झलनाथ खनाल निकट नेताहरुसँग पनि छलफल गरिसकेका छन् । नेपाली काँग्रेसका सभापति शेर शहादुर देउवाले रात्रीभोज दिएपछि प्रचण्डमा एकाएक परिवर्तन आई उनी जसरी पनि ओली सरकार ढाल्ने निश्कर्षमा पुगेको चर्चाले राजनितीक वृत्त तताएको छ । एक थरीले प्रचण्डको यो तयारीलाई देउवाको ललीपपमा प्रचण्डको ¥याल भनेर टिप्पणी समेत गरेका छन् ।
यसैबीच काँग्रेसको डिजाईनमा प्रचण्ड सरकार ढाल्ने तयारीमा लागेपछि सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेताहरुबीच पनि गोप्य रुपमा भेटघाट झाँगिएको खबर सार्वजनिक भएको छ ।
“नेपाली काँग्रेसले बामपन्थी गठबन्धन फुटाउ अभियानका रुपमा प्रधानमन्त्रीको पासा फाल्दा प्रचण्ड लोभिएको निश्कर्षमा पुगेका एमालेका दोश्रो पुस्ताका नेताहरुले पनि गोप्य रणनिती बनाई काँग्रेसका नेताहरुसँगको भेटलाई बाक्लो बनाई रहेका छन् । एमालेलाई धोका दिने माओवादीलाई पनि हामी त्यसै छोड्दैनौं । नेपाली काँग्रेससँग मिलेर भएपनि एक्ल्याएरै छोड्छौं” नाम नलेख्ने शर्तमा एमालेका एक नेताले भने ।
उनका अनुसार पहिले सरकार ढालौं अनि देखा जाएगा भनेर शेर बहादुर देउवाले भनेका छन् । नेपाली काँग्रेस जसरी पनि बामपन्थी गठबन्धन टुटाउन चाहान्छ । यस्तो कुरा थाहा भई भई पनि प्रचण्ड काँग्रेसको पिछलग्गु बनेका छन्् । प्रण्डको नेतृत्वमा आईतबार नै राष्ट्रपतिलाई पत्र बुझाउने तयारी गरेको गोप्य श्रोतले बताएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!