कर्मचारी सङ्गठन गोरखापत्रमा खनाल

- July 9, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन गोरखापत्र संस्थानको आज सम्पन्न केन्द्रीय समितिको तेस्रो अधिवेशनले विष्णु खनालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा वसन्त मल्ल, उपाध्यक्षद्वयमा अर्जुनविक्रम तामाङ र प्रदीप सुनुवार, महासचिवमा मीरा शर्मा, सचिवमा सुशील पोखरेल र कोषाध्यक्षमा अमीर मिया रञ्जीतलगायत पदाधिकारी सदस्य पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । निर्वाचित पदाधिकारीको कार्यकाल आगामी चार वर्षका लागि रहनेछ ।

गोरखापत्र संस्थानका पूर्व अध्यक्षद्वय ओम शर्मा र रमेश भट्टराईले अधिवेशन संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

अधिवेशनको बन्दसत्रमा महासचिव शान्ता अधिकारीले पेस गर्नुभएको साङ्गठनिक प्रतिवेदन सर्वसम्मतिले पास गरेको थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष शर्मा, भट्टराई र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थानको बृहत्तर हितमा कर्मचारी एकजुट हुनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा प्रेस सेन्टरका अध्यक्ष सुरेश यादव, सञ्चालक समितिका सदस्य अर्जुन बस्नेत, नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मोहनमान स्वाँर, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष अमृत अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!