रणमुक्तेश्वरको अनियमिततामा छानविन शुरु, चिनीकाजीहरु शक्तिकेन्द्रमा लम्पसार

- July 9, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उपत्यकाको नै प्रमुख व्यापारिक केन्द्र न्यूरोडमा रहेका रणमुक्तेश्वर मन्दिर प्राचिनकालमा नै निर्माण भएको हो । उक्त मन्दिर गुठी संस्थानको सम्पत्ति भएको र त्यसले चर्चेका लगतपात सबैमा गुठी संस्थानको अधिकार र भोगचलन गर्न पाउने कानुनी प्रावधान छ ।

गुठी संस्थानका कर्मचारीहरुको मिलेमतोमा मन्दिरका नाममा स्थानीय केही नेता तथा व्यक्ति विशेषले लुट धन्दा मच्चिाउँदै आएको पाइएको छ । उक्त मन्दिरको संरक्षणमा अवैध अशुली गरेर होस् वा मन्दिर परिसरमा रहेको पसल कवलहरुबाट अवैध रुपमा मासिक भाडा अशुलेर होस् उक्त गिरोहको त्यस क्षेत्रमा ठगी धन्दामा मौलाएको छ ।
रणमुक्तेश्वर मन्दिर परिसर एवं न्यूरोड क्षेत्रका विभिन्न सार्वजिक जग्गा होस् वा व्यक्तिविशेषको मुद्दा मामिलामा फसेका जग्गाहरु हुन सो गिरोहले कब्जा गर्दै मासिक रुपमा चर्काे भाडादरमा जिलमा दिने र मासिक रुपमा लाखौं रुपैयाँ अवैध संलग्नमा सक्रिय सो गिरोहको समाचार तीव्रखबरले पटक पटक प्रकाशन गरेपछि सम्बन्धित निकायको ध्यानाकर्षणसंगै छानविन शुरु गरेको बताइएको छ ।

एमाले निकट केही नेता तथा कार्यकर्ताहरुले दुहुनो गाईको रुपमा रणमुक्तेश्वरलाई प्रयोग गरिरहेको र उक्त मन्दिरको संरक्षका नाममा समेत मोटो रकम संकलन गर्दै काम भन्दा कमाउ धन्दामा लागेका चिनीकाजी महर्जन, राजेन्द्रमान श्रेष्ठलगायतका गिरोह अहिले कारवाहीबाट जोगिन शक्तिकेन्द्रहरुमा लम्पसार पर्न थालेको दावी स्रोतले गरेको छ । थप समाचार तीव्रखबरले खोजी जारी राखेको छ ।

यो पनि पढ्नुहोस्

रणमुक्तेश्वरमा मौलाएको अनियमितता : सात वर्षमा तीन करोड ठगी

तीव्रखबर समाचार प्रभाव : रणमुक्तेश्वरमा अख्तियारको छानबिन शुरु, समाचार नलेख्न धम्की


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

चीनीजी मेरो मामा हो नी । कसले छुन्छ हेरौ ।