राजकुमार राईको सर्वत्र आलोचना, अर्चना पनेरुका अगाडी निरीह

- June 2, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । नेपाल चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राई एक पछि अर्को बिवादमा आउँने र आलोचित समेत बन्दै गएका छन् । बोर्डको अध्यक्ष बन्नासाथ चलचित्र क्षेत्रमा उथल पुथल ल्याउने व्यवस्था गर्ने भनेका राईले बिगतमा चलचित्र बनाएर असफल बनेका निर्माता र निर्देशकहरुको मात्र कल्याण गर्ने गरी नयाँ चलचित्र निती ल्याएर आलोचित बनेका थिए । उनले लागु गरेको नितीले नयाँ चलचित्रकर्मीहरुको आगमनलाई बन्देज लगाएको आरोप उनी माथी लागेको थियो । नयाँ चलचित्र निर्माण गर्ने ब्यानरले पहिले सेन्सर भई सकेकोसँग सहकार्य गरेको हुनु पर्ने निती ल्याएपछि उनको यस्तो कदमलाई व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता माथीको बन्देजको रुपमा हेरिएको थियो । नयाँ नयाँ निर्माता निर्देशकको आगमन र उनीहरुले बनाएका चलचित्रहरुकाृ धमाधम सफलतालाई नजर अन्दाज गर्दै राई नव प्रवेशी निर्देशकले कम्तीमा पाँच वटा चलचित्रमा सहायक या मुख्य सहायक निर्देशक भई सकेको हुनु पर्ने नितीले गर्दा पहिले असफल बनेका निर्देशकहरु स्थापित हुने र नव प्रवेशीलाई निरास बनाउने काम गरेको थियो । राईले जस्तासुकै निती नियमको घोषणा गरेपनि त्यो नियम केवल कागजको खोस्टोमा मात्र सिमित भएको देखिन थालेको छ ।

आफ्नो बोली र नियम लाहाछाप भएको मान्यता राख्ने अध्यक्ष राई विस्तारै निरिह बन्न थालेका छन् । उनको निरिहताका फेहरिस्त धेरै भएपनि पछिल्लो समयमा उनले कदम चालेर पछि हट्नु परेको एउटा घटना नै काफी हुन्छ ।
विधिको पालना हरेक व्यक्ति र क्षेत्रको लागी अनिवार्य भएता पनि त्यो विधि व्यवहार तः ठिक छ कि छैन सबैले अनुमान लगाउँने कुरा हो  । यस्तै राईले चलचित्र बिकास बोर्डमा राईले लागु गरेको नियम पनि टाढाका पाखा र नजिकका काखा सावित भएको छ । इजाजत नलिई चलचित्र निर्माण गर्नु पक्कै पनि नियम संगत होईन तर उनका आसेपासेहरुले सजिलै निर्माण इजाजत पाउने र अन्यले दुख सास्ती झेल्नु परेका घटनाहरु चर्चासँगै सार्वजनिक समेत हुन थालेका छन् ।
नेपाली चलचित्रमा उचछृंखलता प्रस्तुत गर्न माहिर राजु गिरीले खुलेआम पोर्नस्टार बन्छु भन्दै सामाजिक सञ्जालमा नांगो फोटो र भिडियो सार्वजनिक गर्ने अर्चना पनेरुलाई नायिका लिएर जिस्म नामक चलचित्रको निर्माण आरम्भ गरेका थिए । उक्त चलचित्र निर्माण ईजाजत नलिई फ्लोरमा गएको अनि पोर्नस्टार बन्छु भन्दै हिँड्ने अर्चना रहेको भन्दै फिल्म युनिटलाई स्पटबाटै चलचित्र विकास वोर्डको आग्रहमा भन्दै कास्की प्रहरीले पक्राउ पनि गर्यो ।

पोर्नस्टार बन्छु भन्दै हिँडेकी अर्चनाले सामाजिक सद्भाव बिथोलेको भन्दै वोर्ड अध्यक्ष राजकुमार राईले फिल्मको छायाँकन मात्र रोकेनन्, अर्चना रहने फिल्म बनाउनै नदिने उद्घोष पनि गरे । तर उनको साहसी उद्घोष त्यति मै सिमित भयो । निर्देशक गिरीले त राजकुमार राईले व्यक्तिगत दुस्मनीको कारण आफुलाई दुःख दिएको भनाई समेत सार्वजनिक गरे । आखिरीमा जिस्मले ईजाजत पनि पायो, वोर्डको ढड्डामा अर्चना पनेरूले लिड अभिनेत्रीको नाम लेखाउन पनि सफल भई्न् ।

हिजो सोही अर्चना जोडिएको कारण देखाउँदै फिल्म रोकेका वोर्ड अध्यक्ष राजकुमार राई  केही दिन अगाडी उनै अर्चनालाई  सुभकामना दिन हतार हतार गर्दै एक कार्यक्रममा पुगेका छन् । छेस्को नामको फिल्मले अर्चनाको पहिलो फिल्म भन्दै नग्न तश्विर छरेर प्रचार गरेको आँखा अघि छर्लङ्गै हुँदाहुँदै पनि किन पुगे राई सुभकामना दिन उनको सर्वत्र आलोचना हुन थालेको छ ।

निर्माण तथा वितरणको काम गरेका राई निकट मानिने करण श्रेष्ठ क्रेजीको फिल्म भएको कारण करणलाई हार्न नसकेर राई पुगेको उनि निकट बताउँछन् । तर हिजो बिरोध गरेको व्याक्तिलाई आज सफलताको सुभकामना दिन पुग्नु कति जायज थियो ? के विकास वोर्ड नग्न तश्विर छर्ने, भल्गारिटीलाई स्थान दिने काममा लचिलो बन्दै गएको हो ? के अब जस्ता फिल्म पनि बनाए हुन्छ नेपालमा ? पोर्न फिल्मको हवाला दिने दृश्य राखेर नेपाली फिल्म बन्न पुग्दा पनि वोर्ड चुप लाग्छ ? राजकुमार राईको अघि प्रश्नहरु तेर्सिएका छन् ।

हाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले नयाँ निर्माता संघको तयारी गरेको र निर्माता संघका प्रथम उपाध्यक्ष उदय सुब्बा लगायतले राजीनामा दिएपछि एक्लिन थालेका राईले चलचित्र बिकास बोर्डबाट राजीनामा दिनु पर्ने आवाज समेत बढ्न थालेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!