मोवाइल किन्दा होसियार ! ताम्राकार हाउसका पसलेको यस्तो धन्दा

- April 20, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । विदेशमा चोरी भो, हरायो भन्दै बिमा क्लेम गरेका वा भन्सार चोरी तस्करी भई नेपाल भित्रिएका मोवाइल किन्दै हुनुहुन्छ ? सावधान त्यस्ता मोवाइल अव नेपालमा पनि चल्ने छैन् ।

न्यूरोडको ताम्राकार हाउसदेखि अन्य ठूला चर्चित पसलदेखि साना साना पसलसम्म त्यस्ता चोरी तस्करीका मोवाइल सेटहरु मनपरी ढंंगले विक्रि हुँदै आएको छ । विना भ्याट बिल मोवाइल खरिद गर्नु भयो भने पनि त्यस्तै मोवाइलमा परेर फस्न सक्नुहुन्छ । भ्याट बिल विना विक्री गर्दे राजश्व छली गर्न समेत पसलेहरु तल्लिन छन् ।

ताम्राकार हाउसमामात्र पनि त्यस्ता मोवाइलको संख्या ठूलो परिणाममा भएको बताइएको छ । विभिन्न मुलुकबाट चोरी तस्करी भई नेपाल भित्रिएका उक्त सेटहरु थाहा नभएका थुप्रै उपभोक्तहरुलाई भिड्याउन सो कम्लेक्सका पसलेहरु सक्रिय रुपमा लागि परेको खुलासा भएको छ । यसकारणपनि आमउपभोक्ताहरुले मोवाइल किन्दा सावधानी उपनाउनु जरुरी भएको बताइन्छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले अवैध तथा गैह्रकानुनी रुपमा भित्रिएका मोबाइल फोनलाई व्यवस्थित गर्न नयाँ निर्देशिका लागु गरेको छ । निर्देशिकाअनुसार अब अनिवार्य रुपमा सबै मोबाइल सेटहरु सरकारी निकायमा दर्ता गर्नुपर्छ । नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल सेटको आइएमइआई नम्बर दर्ता नगरे कात्तिकदेखि तपाईंको मोबाइल ‘ब्लक’ हुन्छ । कात्तिकदेखि मोवाइल बन्द हुने भएपछि ठूलो परिणाममा रहेको मोवाइल सेटहरु धमाधम उपभोक्तालाई भिड्याउन पसलेहरु तल्लिन भएको बताइएको छ । उनीहरुले अहिलेसम्म केही फरक पर्दैन भन्दै त्यस्ता सेटहरु विक्रि गर्ने गरेको बताइन्छ । यसरी मोवाइल सेटहरु विक्री गर्ने पसलहरुमा आई क्यान डी स्टोर, टक टु मि लगायत दर्जनौंको संख्यामा रहेको बताइएको छ । थप पसलहरुको विवरण प्राप्त हुने क्रम जारी छ । अब मोबाइल आयातकर्ताले आफूले वैध रुपमा बेच्न ल्याएका मोबाइलको आइएमइआई नम्बर समेत सरकारलाई बुझाउनुपर्ने छ ।

गैरकानुनी रुपमा भित्रिएका मोबाइल फोनले विभिन्न समस्या भएपछि प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । अब अबैध तरिकाले भित्रिएका मोबाइल फोन दर्ता हुनेछैनन् र नेपालमा काम पनि गर्ने छैनन् ।

प्राधिकरणका अनुसार सबैखाले मोबाइलको युनिक आइडेन्टिटी रजिष्ट्रिको काम सुरु भएको छ । योसँगै अवैध आइएमइआई नम्बर भएका मोवाइलको ट्रयाकिङ पनि सुरु भएको छ । कत्तिकदेखि प्राधिकरणले मोबाइल ट्रयाकिङ सिस्टमलाई फूल अपरेसनमा लैजाने बताएको छ । कात्तिकदेखि आइएमइआई नम्बर फर्जी भएका मोबाइललाई ब्लक गरिनेछ । अब आफ्ना मोबाइल हराएमा त्यसलाई नचल्ने बनाउन पनि सकिनेछ ।

मोवाइल हराएपछि त्यसका विवरण राखेर दूरसञ्चार प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । यसो गरेपछि हराएको मोबाइल चल्ने छैन । आइएइआई नम्बरका आधारमा ति मोबाइल ब्लक हुनेछन् । स्मरण रहोस्, चोरी तस्करी भई नेपाल भित्रिएका त्यस्ता मोवाइल सेटहरु नेपाल दुरसंचार प्राधिकरणका कर्मचारीलाई प्रभावमा पारेर केही गिरोह भने आइएमइआई नम्बर दर्ता गर्न तल्लिन रहेको बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!