चन्द्र ढकाल समुहले भन्यो शेखर गोल्छाले एक समुहको समर्थन गर्नु गल्ती भयो

- July 14, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

काठमाडौं । नेपाली उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । नयाँ नेतृत्व छनौट समेत गर्न महासंघको आगामी साउन २६÷२७ हुने अधिवेशनका लागि आज (मंगलबार) महासंघका एसोसिएट्स उपाध्यक्ष चन्द्र ढकालको प्यानलले उम्मेदवारी घोषणा गरेका छन् । उमेदबार घोषणा कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कुनै एक समुहको समर्थन गर्नु गलत भएको भन्दै आपत्ती समेत जनाएका छन् । ढकालको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी रहेका छन् । महासंघको चुनावका लागि अर्का दावेदार किशोर प्रधान रहेका छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हाल यी दुईबिच प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानले पनि आफ्नो प्यानल तयार पारिसकेका छन् । उनी हालको कार्यसमितिमा जिल्ला र नगर उपाध्यक्ष हुन् । किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । यद्यपि प्यानलको औपचारिक घोषणा भने हुन बाँकी नै छ । महासंघको ५४ औं वार्षिक साधारण सभा र आफ्नो प्यानललाई विजय गराउन दुबै प्यानल देश दौडाहमा लागेका छन् । महासंघको विधानमा गरिएको व्यवस्था अनुसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम अबको कार्यकालको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्लारनगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!