उद्योग वाणिज्य महासंघको नेतृत्व हत्याउन सुरु भयो करोडौको खेल

- July 11, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अहिले चुुनावी माहौलले उच्च रुप लिएको छ । देश लकडाउनमा रहेको भएपनि उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व हत्याउने योजनामा अहिले विभिन्न गुटउपगुट बनाएर अहिले भित्रभित्रै भेटघाटमा समेत व्यस्त रहेका छन् ।

महासंघले साउन २६ र २७ गतेका लागि साधारणसभा र निर्वाचनको मिति घोषणा गरेसँगै महासंघ निर्वाचनमा होमिएको छ । महासंघको सो नेतृत्व हत्याउन आफुलाई ठूला उद्योगीको पगरी गुथेका व्यापारीहरुले अहिले करोडौ रुपैयाँ खर्च गरि भोट आफ्नो प्यानलमा हाल्न आग्रह गरेका छन् ।

अधिकाशं पुर्वअध्यक्षहरु किशोर प्रधानको पक्षमा लागेका छन भने अबको नयाँ अध्यक्ष शेखर गोल्छा समेत खुलेरै किशोरको पक्षमा लागि मत माग्नमा बेस्त रहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समितिको नेतृत्व आफ्नो पक्षमा ल्याउनकालागि मतदाताहरुलाई आफ्नो पक्षमा पार्न आकांक्षीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाटका साथै चुनाबलाईनै लक्षित गरी पैसा समेत खर्च गर्नेकार्यमा समेत तीव्र आएको छ ।

साउनको अन्तिम साता हुने निर्वाचनबाट बरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्ला÷नगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ । सो पदकालागिमात्र नभई महासंघलाई शुद्धिकरण र सुधारीकरण गर्नु पर्ने र गिरेको शाखलाई उच्च बनाउने टिमको मात्र आबश्यकता रहेको काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले बताएका छन् ।
विगद झै यस पटक पनि गुटउपगुट बनाएर चुनाबी मैदानमा उत्रेका छन् । यसरी आ–आफ्नो गृहजिल्लाबाट उम्मेदबारी घोषणा गरि सकेका वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको दुई समुह अहिले चुनाबी मैदानमा उत्रेको छ । ढकाल प्यानलको एशोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्लारनगर उपाध्यक्षमा गुणनिधि तिवारीलाई चुनाबी मैदानमा उतारेका छन् ।

संघका अध्यक्ष श्रेष्ठले आजभन्दा अघि जो मान्छेले महासंघमा चलखेल गरे र गर्न खोजे त्यस्ता व्यक्तीहरुलाई सबै साथीहरुले बुझीसक्नु भएको छ, यस पटकको निर्वाचनबाट त्यस्ता व्यक्तीमाथी कारबाही स्वरुप चुनाबी मैदानबाट बाहिरिने निर्णय निर्वाचनबाट हुने समेत बताए । प्रधान प्यानलमा एशोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ तथा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठलाई उम्मेदवारी दिएर चुनाबमा उत्रेका छन् ।

११२ वटा जिल्ला/नगर संघ, १०३ वटा वस्तुगत संघ, ९ वटा द्विराष्ट्रिय संघ तथा ४३ प्रकारका उद्योगअन्तर्गत ९१७ सदस्य रहेका छन् । ती सदस्य मध्येबाट ७५ जनाको कार्यकारिणी समिति बन्ने महासंघको विधानमा उल्लेख गरिएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारी दिएका चन्द्र ढकाल आईएमई समूहका अध्यक्ष हुन् ।

किशोर श्रेष्ठ जिल्ला तथा नगर सभापति हुन । अघिल्लो कार्यकालको चुनाबबाट वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित व्यक्ती हुन । एशोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अर्का उपाध्यक्ष रामचन्द्र एनआईशी एशिया बैंकका सञ्चालक छन् ।

वस्तुगत उपाध्यक्ष अन्तर्गत अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन् भने अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रवन्ध निर्देशक हुन् । जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ यसअघि प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।

तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । पूर्व अध्यक्षहरुले महासंघ जस्तो विशुद्ध व्यवसाययिक संस्थामा राजनीतिक चुनावजस्तो प्यानल बनाएर महासंघमा प्यानल बनेरै उम्मेदवारी दिन सहयोग गर्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!