सिन्धुपाल्चोकमा प्राकृतिक बितण्डाः जनधनको क्षति (फोटो/भिडियो फिचर)

- July 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक (बाह्रविसे,जम्बु) । गएराती परेको पानीसंगै आएको बाढीले सिन्धुपाल्चोकको विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेको छ । भोटेकोशी नदीमा आएको बाढीले बाह्रविसेको करिब एक दर्जन घर बगाएको छ । भने १६ जनाभन्दा बढी मानिस वेपत्ता भएका छन् । त्यहाँका अधिकाशं हाइड्रोपावरमा बाढीले ठूलो क्षति पु¥याएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुृर बस्नेतले बताएका छन् । उनका अनुसार सो जिल्लाको जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति पुगेको छ । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको बताएका छन् ।

बाढीले अरनिको राजमार्ग कटान गरेका कारण अहिले उद्धार कार्यमा समेत अबरुद्ध भएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध भएको छ । बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत सो गाउपालिकाकको वडा नं. ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको मेयर शेर्पाले बताए । अध्यक्ष शेर्पाका हनुसार दुई जनाको शव भेटिएको र करिब १८ जना वेपत्ता भएको अनुमान गरेका छन् । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलका अनुसार बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको बताए । परिवारका चार जना सदस्य रहेको र खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको उनले बताए । डाडे खोलाको पुल बाढीले बगाएको छ भने १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको अध्यक्ष पौडेलले बताए ।
बाह्रबिसेको जुरेदेखि नै बाटो सडक अबरुद्ध भएको छ । उद्धारकालागि हेलिकप्टरको विकल्प नभएको अध्यक्ष पौडेलले बताए । यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत घटनास्थल गएको भएपनि प्रतिकुल मौसमका कारण काठमाडौं नै फर्किनु परेको छ । यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रबिसेमा भोटेकोसी र स्थानीय ठाडो खोलामा आएको बाढीमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बाढी र पहिरोले ठूलो जनधनको क्षेत्र पुग्ने देखिएको भन्दै सभापति देउवाले सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशन दिएका हुन्। अध्यक्ष देउवाले ट्विट गर्दै देउवाले छिटोभन्दा छिटो उक्त्त क्षेत्रमा उद्धार टोली खटाएर थप मानविय र भौतिक क्षेत्र हुनबाट जोगाउन सरकारलाई अनुरोध गरेका छन्।

(फोटो सौजन्य तारा नेपाल)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!