मेलम्चीको पानी सुरुङमा पठाउदा किन स्थानीय जनप्रतिनिधि जानकारी दिइएन ?

- July 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आइतबार सिहदरबारभित्र तामझामका साथ मेलम्चीको पानी काठमाडौंमा केही महिनामा आईपुग्छ भन्दै खानेपानीमन्त्री बीना मगरले घोषणा गरिन । मन्त्री मगरले सो कुरा भनी रहदाँ सिन्धुपाल्चोकका स्थानीय जनप्रतिनिधि भने बेखबर थिए । मेलम्ची खानेपानी आयोजनाले कुनै समन्वय नै नगरी पानी सुरुङमा हालेको खबर एकाएक सञ्चार माध्याममा सार्वजनिक भएपछि सिन्धुपाल्चोकका जनप्रतिनिधिहरु रुष्ट हुन पुगेका थिए । मेलम्चीको पानी सुरुङमा पठाउने बारे कुनै जानकारी जनप्रतिनिधिहरुलाई नदिएको भन्दै उनीहरु रुष्ट भएका हुन् ।
हेलम्बु, इन्द्रावती र पाँचपोखरी गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, मेलम्ची नगरपालिकाका मेयर र जिल्ला समन्वय समितिका प्रमुखसहितको टोलीलाई समेत सो सुरुङमा पानी हाल्ने विषयमा कुनै जानकारी नदिएको बताएका छन् । पानी पठाउने कुरामा आफ्नो कुनै आपति नभएको तर यति महत्वपूर्ण काममा जनप्रतिनिधिहरुसँग कुनै समन्वय नहुनुले आफू आश्चर्यमा परेको बताएका छन् । आइतबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मेलम्चीको पानी सुरुङमा पठाउने काम गर्नुभएको थियो भने त्यसको जानकारी मेलम्ची खानेपानी आयोजनाले काठमाडौंबाट पत्रकार सम्मेलन गरी दिएपनि उनीहरु रुष्ट भएका थिए । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले उक्त कुराको जानकारी दिँदै ठूलो उपलब्धि भएको पत्रकार सम्मेलनमा बताएपनि सो चोरी कार्य किन गर्नुपरो भन्दै सरकारलाई नै प्रतिप्रश्न समेत स्थानीय जनप्रतिनिधिहरुले गरेका छन् ।
हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची खानेपानी आयोजना र गाउँपालिकाको कार्यालय तीन किलोमिटरको दूरीमा रहेको छ । हेलम्बुका जनप्रतिनिधिले समेत सो सुरुङमा पानी हाल्ने विषयमा कुनै जानकारी नआएको बताएका छन् । सो गाउपालिकाले घुमाउरो पारामा विज्ञप्तिनै प्रकाशन गरेर आइतबार विना जानकारी सुरुङमा पानी हाल्ने काम गरिनु गलत भएको उल्लेख गरेको छ । आयोजनाले सो पानी प्रयोग गरेको खण्डमा स्थानीय निकायलाई उपलव्ध गराउनु पर्ने लेवि समेतको कुनै टुङ्गो समेत नलगाएको अबस्थामा सोही मुद्दाले अबरोध पुग्ने हो की भनी स्थानीय बासिन्दा र जनप्रतिनिधिलाई जानकारी नगराएको आसयमा हेलम्बु गाउपालिकाले पत्र समेत लेखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!