नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स वीच सेयर निस्कासन सम्झौता

- July 5, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेड विच स्थानिय बासिन्दा एबं सर्वसाधारणमा शेयर निस्कासन एबं प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको छ । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड, ४० लाख ९१ हजार रुपैया बराबरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!