लोमस फर्मास्युटिकल्सको घर र कार्यालय सुरक्षाकालागि डिस्पेन्सर

- July 4, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । लोमस फर्मास्युटिकल्स र होम एण्ड अफिस सेफ्टीले घर र कार्यालय सुरक्षाको लागिअटोमेटिक डिस्पेन्सर ल्याएका छन् ।चीनको नम्बर एक कम्पनीबाट डिस्पेन्सर झिकाईएको पनि जनाएको छ । ह्याण्ड एक्स डिपार्टमेन्टका निर्देशकप्रनवजंग पाण्डेले जनाए अनुसार यो डिस्पेन्सर अटोमेटिकहुनेछ । आफूहरुले आधुनिक र गुणस्तरीय स्यानिटाईजर बजारमाल्याएको होम एण्ड अफिस सेफ्टीका प्रोजेक्ट म्यानेजर रवि विष्टले स्पष्ट पारे । उक्त डिस्पेन्सरमाविभिन्न सब्सीडिज रहेको पनिकम्पनीले जनाएको छ ।
लोमसले आफ्नै उत्पादनमा ह्याण्ड स्यानिटाईज र बजारमा ल्याईसकेको छ । उसले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको छ । ह्याण्ड एक्स नामक स्यानिटाईजर अहिले २५० एमएल र ५०० एमएल बजारमा उपलब्ध छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!