चार वर्षदेखि गोला प्रथाबाट रोपाइँ

- June 29, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मुगु :  हरेक वर्ष रोपाइँ गर्दा रोपार, बाउसे, हली, गोरु आदिको लागि झगडा हुन थालेपछि चार वर्षदेखि निगाले गाउँमा गोलाप्रथाबाट रोपाइँ गर्न थालेका छन् । छायाँनाथ रारा नगरपालिका—३ निगाले गाउँका स्थानीयले गाउँ नजिकको जिउलामा असार १५ बाट रोपाइँ सुरु गर्छन् । उनीहरुले चार वर्षयताबाट गोलाप्रथा गरी प्रत्येक किसानको पालो अनुसार रोपाइँ गर्न थालेका हुन् । 

सबै गाउँलेको सहमतिमा पालो अनुसार खेतमा रोपाइँ गर्नका लागि एक हप्ता अगाडि गोलाप्रथा गर्ने गरेका छन् । पालोअनुसार गर्दा खेतमा पानी लगाउन र रोपाइँ गर्दा आवश्यक जनशक्ति पुग्ने भएकाले चार वर्ष यताबाट रोपाइँ गर्ने र हरेक वर्ष यसरी नै सबै गाउँलेको रोपाइँ समयमै गर्नका लागि गोलाप्रथाबाट पालैपालो रोपाइँ गर्न लागिएको छाँयानाथ रारा नगरपालिका—३ निगाले गाउँका गोकर्ण रोकायाले जानकारी दिएका छन् ।

‘निगालेका स्थानीयका ३ सयभन्दा बढी  रोपाइँ हुने खेत छन् ।  असारमा रोपाइँ सुरु भएपछि कसले पहिला रोपाइँ गर्ने भनी विवादर ठूलै झगडासमेत हुन्थ्यो’, सोही गाउँका नौलासिंह रोकायाले भने, ‘ गाउँ सानो भएकाले  घरमा बढी परिवार भएका साथै बलियाले पहिला रोपाइँ गर्थे । कमजोर घर परिवारले अन्तिममा मात्र रोपाइँ गर्न पाउथे।रोपाइँकै विषयमा झगडा हुँदा गाउँलेमा लामो समय बोलचाल नहुँदा अन्य काममासमेत अवरोध हुने गरेकाले गोलाप्रथा माध्यमबाट रोपाइँ गर्ने निर्णय गरेको उनले बताए । बालियो र कमजोर परिवारमा चार वर्षदेखि कुनै मतभेत  नभएको  र आफ्नो रोपाइँ पालोमा रोपार , हली, बाउसे र गोरुको अभाव समेत नहुने  गरेको  रोकायाले बताए । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!