चौधरी ग्रुपले विद्यमान ऐन विपरित विदेशमा लगानी: सरकारले किन गरेर अनुसन्धान र कारबाही ? (अडियो सहित)

- June 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
प्रचलित कानून अनुसार नेपाली नागरिकले विदेशमा पैसा राख्नु र विदेशमा उद्योगधन्दा तथा लगानी गर्नु सरासर गैरकानूनी हो । तर, पनि थुप्रै नेपालीले विदेशी वैंकमा रकम जम्मा गराउनेदेखि उद्योगधन्दा समेत खोलेर विदेशमा लगानी गरेपनि सो बारे नेपाल सरकारले छानविन नगर्दा खुला रुपमा नेपालबाट विदेश रकम पलाईन हुने क्रममा तीब्रता आएको छ । नेपालको विद्यमान ऐन कानुनअनुसार स्वदेशबाट विदेशमा पैसा लैजानु र विदेशमा नेपालीकै हैशियतमा लगानी गर्नु गराउनु दुवै गैरकानुन हुने भएकाले आफुलाई विश्वको धनीका रुपमा हुँकार गर्दै आएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी समेत गैरनेपाली भएको खुलासा भएको छ । सो ग्रुपले वेलाबखत सार्वजनिक गरेको विवरण अनुसार बिनोद चौधरीले विदेशमा स्थापापना गरेको उद्योगधन्दा र लगानी गैरकानुनी हुन पुगेको छ । विद्यमान ऐन अनुसार नेपाली नागरिकता भएकाहरु कोही कसैले पनि विदेशमा लगानी गर्न बन्देज लगाएको छ । तर सोही ऐन अनुसार नेपाली नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको गैरनेपालीलेमात्र लागनी गर्न पाउने व्यवस्था रहेको पुर्वअर्थसचिब शंंकरप्रसाल कोइरालाले बताएका छन् । पुर्वअर्थमन्त्री समेत रहेका कोइरालाले अहिले जतिपनि लगानी विदेशमा रहेको छ नेपालीअरुको त्यो सवै गैरनेपालीहरुको रहेको बताए । नेपाली नागरिककै हैसियतमा विदेशमा कुनै पनि लगानी गरेको भए त्यो ऐन विपरित हुने उनको भनाई रहेको छ । नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् ।

विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगीरव्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन् । केहीको ठेगाना खुल्न सकेको छैन । नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो । गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ । ऐन अनुसार चौधरीले कुन कानुन अनुसार विदेशमा लगानी गरे भन्ने विषयमा चौतर्फि बहस समेत चलेको छ । भारतको राजस्थान स्थायी घरभएको बिनोद चौधरी आफुलाई नेपाली भएको दाबी गर्दै आएका छन् । चौधरीले गरेको दाबीकै आधार मान्ने हो भने उनले विदेशमा कुनैपनि क्षेत्रमा लगानी गर्न पाउदैनन् । तर खुलारुपमा विदेशमा नेपालीकै हैसियतमा लगानी गरेको भन्दै हुकार गरेका चौधरीमाथी सरकारले अहिले सम्म कुनै छानविन गर्न सकेको छैन । एकातर्फ सरकार साधारण सरकारी खर्च समेत गर्न पैसा नभएर संकटमा परेको बेला अबैधरुपमा विदेश लगिएको रकम नेपाल भित्राउन सकेमा धेरै हदसम्म सहज हुने पक्का रहेको छ । तर सरकार सो कार्य गर्नमा कुनै चासो समेत दिएको छैन । कालोधन जम्मा गर्न सुरक्षित मानिएको स्विस बैंकमा नेपालीको करीब ५२ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको भेटिएको छ । नेपालबाट ठूलो मात्रामा अवैध धनको ओसारपसार भइरहेकोे तथ्याङक अन्तर्राष्ट्रिय संस्था द ट्याक्स जस्टिस नेटवर्कले गरेको छ ।

नेपालीले कानून विपरीत सिंगापुरदेखि मौरिसससम्म अवैध धनको कारोबार गरिरहेको खुलेपनि सम्बन्धित सरकारी नियकायले भने सो बारे कुनै अनुसन्धान समेत गरेको छैन । द ट्याक्स जस्टिसले अवैध धनको प्रवाहबारे गरेको अनुसन्धानले सिंगापुरमा नेपालीको प्रत्यक्ष वैदेशिक लगानी ५५ मिलियन डलर अर्थात नेपाली मूल्यमा ६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको रहेको छ । कोरियामा नेपालीको प्रत्यक्ष वैदेशिक लगानी लगानी १० मिलियन डलर करीब १ अर्ब २० करोड रुपैयाँ, थाइल्याण्ड, रसिया, चीनमा ७/७ मिलियन डलर करीब ८४ करोड रुपैयाँ नेपाली रहेको छ । इटाली, भारत, भुटान, साइप्रस र नाइजेरियामा समेत नेपालीको लगानी रहेको भेटिएको छ । नेपालको विद्यमान ऐन अनुसार नेपालबाट विदेशमा कुनैपनि लगानी गर्न नपाउने कानुन रहेको छ । विदेशबाट नेपालमा पैसा भित्राएर लगानी गर्न पाउने तर नेपालबाट विदेशमा कुनै प्रकारको लगानी गर्न नपाउने पुर्व अर्थसचिब शंकरप्रसाद कोइरालाले बताएका छन् । विदेशमा सरकारी निकायले सम्पत्तिको स्रोतमा निगरानी नराख्ने र कर छल्न सुरक्षित मानिने मुलुक मानिएको मौरिससमा नेपालीले १० लाख डलरभन्दा बढी लगानी भएको तथ्याङक बाहिरीएको छ । यि सवै गैरकानूनी रूपमा गरिएको लगानीका रुपमा रहेको छ ।

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ ले नेपालीलाई सरकारको अनुमति नलिई विदेशमा लगानी गर्न रोक लगाएपनि अधिकाशं व्यवसायीहरुले नेपालमाभन्दा बाहिर लगेर लगानी गर्दै आएका छन् । पुर्वअर्थमन्त्री समेत रहेका कोइरालाका अनुसार नेपालीले विदेशमा विद्यमान ऐनअनुसार कुनै पनि क्षेत्रमा लगानी गर्न पाउदैन यदि नेपाली नागरिकता त्यागेको र विदेशी नागरिकता लिएको गैरनेपालीलेमात्र लागनी गर्न पाउने व्यवस्था रहेको बताए । नेपालमा साइमन आइल्याण्ड, मौरिसस जस्ता ट्याक्स हेवन देशबाट पोर्टफोलियो इन्भेष्टमेन्टका रुपमा पनि शंकास्पद धन आइरहेको अध्ययनले देखाएको छ । द ट्याक्स जस्टिस नेटवर्कले अन्तर्राष्ट्रिय मुद्रा कोष, बैंक फर इन्टरन्याशनल सेटलमेन्ट, संयुक्त राष्ट्रसंघ आदिको तथ्यांकमा आधारित भएर अध्ययन गरिदै आएको छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ अनुसार सरकारको अनुमति नलिई नेपालीले विदेशमा कुनै पनि प्रकारको लगानी गर्न पाउँदैनन् । तर, नेपालका अधिकांश धनाढ्यका रूपमा स्थापित व्यवसायीहरूले ‘ट्याक्स हेवेन’ मुलुकमा आफ्नै कम्पनी दर्ता गर्ने र त्यहाँ लगानी समेत गर्दै आएका छन् । उनीहरूले विद्यमान ऐन विपरित नेपालबाट विदेशमा रकम लगेर गरेको लगानीको स्रोत के हो भन्नेबारे राज्यसंयन्त्र पूरै बेखबर रहेको अभिनय गरेर बसेको छ । अडियो केही समयमा प्रतिक्षा गर्नुहोला ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!