चौधरी ग्रुपद्वारा धर्मको नाममा लुट: सरकार चुप

- June 25, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आफुलाई विश्वको धनीको रुपमा हुँकार गर्दै आएको चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी एकपछि अर्को विवादीत बन्दै गएको छ । सरकारी कर्मचारीकै संलग्नतामा हुने गरेको चोरीपैठारी देखि नक्कली गुणस्तहिन ड्राइफुड बेचेर सरकारलाई बुझाउनु पर्ने कर भ्याट समेत छली गरेर विवादित बनेको सो समुह पछिल्लो समयमा धर्मको नाममा लुटधन्दानै चलाउदै आएको छ । सार्वजनिक जग्गा मिचेर मन्दीर बनाएसंगै सो ग्रुप विवादमा परेको छ । धार्मिक स्थलको नाममा ‘शााश्वतधाम’ नाम दिएर निमार्ण गरेको देवचुली नगरपालिकाभित्रका अधिकाशं सरकारी जग्गा अतिक्रमण गरेको सो नगरपालिकाको रेकर्डमा उल्लेख छ । २०७४ सालमा चौधरी ग्रुप अफ इन्डस्ट्रीले निर्माण गरेको सो मन्दीरसंगै मदिरा उद्योग वियर उत्पादन समेत हुदै आएको छ ।
निर्माण पुर्व यो निर्माणको हेतु एउटै बताइएको थियो कि यसले हिन्दु र बौद्ध धर्म मात्र नभई विश्वभरका अन्य धर्मावलम्वीहरुलाई समेत यसको भ्रमणमा तानेर धर्म र धार्मिक पर्यटनको विकास गर्नमा सहयोग गर्ने भन्दै सरकारसंग स्वीकृत लिएको थियो । तर यहाँ भने धार्मिक आडमा लुट मच्चाएको पाइएको छ । १२ एकड क्षेत्रफलमा चौधरी ग्रुपले आफ्नो औद्योगिक परिसर भित्र निर्माण गरेको सिजि टेम्पलको नामले परिचित शाश्वतधाममा प्रवेश टिकट, पार्किङ लगाएतका शुल्कमा आफुखुशी असुली लुट मच्चाउदै आएको छ । प्रबेश शुल्कमा विद्यार्थीहरुको लागि ४० रुपैयाँ अन्य आगन्तुकहरुको लागि १५० रुपैयाँ त्यस्तै पार्किङमा मोटरसाइकल लगाएतका दुइ पाँग्रे सवारीको लागि २० रुपैयाँ कार भ्यान लगाएत ४ पाँग्रे सवारीको लागि ५० रुपैयाँ असुली गर्दै धर्मको नाममा लुट मञ्चाउदा समेत सरकार चुप बसेको छ । यसरी चर्काे मुल्य असुल्ने धार्मिक क्षेत्र होस् या मन्दिर यो नै पहिलो हो । नेपालको संविधान २०७२ ले भने धार्मिक आस्थाको कुनै पनि केन्द्र, मन्दिर, पौवा, धर्मशाला लगाएत आदिमा शुल्क उठाउन नपाइने व्यवस्था गरेको भएपनि सो व्यवस्थालाई लत्याउदै चौधरी ग्रुपले मंहगो शुल्क असुली गर्दै आएको छ । संविधानले बर्जित गरेको कुरामा मनोमानी गरेको चौधरी ग्रुपले बौद्ध संग्रहालय, धार्मिक संग्रहालयको नाममा सर्वसाधारणसँग चर्काे मुल्य असुल्दा समेत नियमक निकाय भने मौन देखिएनुले समेत सो कार्यमा सरकारी निकायकै कर्मचारीहरु संलग्नता रहेको प्रष्ट हुन आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!