गायक सन्देश श्रेष्ठले ल्याए लकडाउनका समयमा तीनवटा म्यूजिक भिडियो

- June 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गायक तथा संगीतकार सन्देश श्रेष्ठले लकडाउनकै समयमा ३ वटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । उनले मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ नामको भिडियो ल्याएका हुन । पछिल्लो गीत हामी भुल्दैनौँमा देश भक्तिपूर्ण भाव व्यक्त गरिएको छ छ । सो गितको शब्द गोविन्द पौडेल, संगीत तथा स्वर सन्देश श्रेष्ठ, क्यामरामा जयेनकुमार मोक्तान, एरेन्जमा देव कोइमी, लुप्स स्टुडियो विजेन श्रेष्ठ, निर्देशक तथा सम्पादन जितेन्द्र राजोपाध्यायले रहेका छन् । यो गीतमा हाम्रा पुर्खाले हाम्रो देशको रक्षा गर्ने क्रममा सीमानामा बगाएको रगत र हिँडेका पदचापहरूको अझै पनि हामीमा स्मरण रहेको र हामी हाम्रो सीमा कहिल्यै भुल्दैनौँ भन्ने भाव व्यक्त भएको गायक श्रेष्ठले बताए । कालापानी नालापानी युद्ध लडेको इतिहास संस्सारका मानिसलाई जानकारी भएको र त्यो भू भाग हाम्रै रहेको कुरा सर्वविदितै छ । हाम्रा पुर्खाबाट जानकारी पाए झैँ हामीले पनि अब आउने सन्ततिलाई गीत संगीत र अन्य माध्यमबाट सुसुचित बनाउनु हाम्रो कर्तव्य हुन आउँछ । यी यावत कुराहरुलाई मध्यनजर राख्दै सम्पूर्ण नेपाली एकजुट हुन् आग्रह गर्दै राष्ट्रिय एकताको भावना जगाउन यो गीतको सिर्जना गरेको गायक श्रेष्ठको भनाई रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!