ग्रील तथा स्टिल व्यवसायीद्वारा बजेटको स्वागत

- May 30, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । आर्थिक वर्ष २०७७/७८ को बजेटको सन्तुलित रुपमा आएको भन्दै नेपाल ग्रील तथा स्टिल व्यवसायी महासंघले स्वागत गरेको छ । अहिले सबैको जिवन स्वास्थ र सुरक्षासग जोडिएको बिसय स्वास्थ क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै शिक्षा र कृषिलाई प्राथमिकता दिएर बजेट आएको छ जुन सबैका लागि स्वागत योग्य छ भने अधिकतम रोजगारी सृजना गर्न सक्ने र आत्मा निर्भर अर्थतन्त्र निर्माण गर्न महत्त्वपूर्ण भुमिका निर्वह गर्न सक्ने लघु घरेलु तथा साना उध्योग क्षेत्रको सम्बर्द्धन प्रबर्धन गर्ने अभिप्रायले बजेट आएकोमा ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालले यो पटकको बजेटलाइ स्वागत गरेको सो महासंघका अध्यक्ष मोहन कटुवालले बताएका छन् । उनले बजेटको कार्यान्वयनमा सरकार नीजि क्षेत्र र राजनैतिक दल सबैले सकारात्मक सहयोग गर्नु पर्ने कुरामा जोड दिएको छ । विशेष गरेर यस पटकको बजेटले नेपालका घरेलु तथा साना उध्योगहरु भित्र पर्ने ग्रील तथा स्टील उध्योग ब्यवसाय लगायतका सबै खाले उद्योगहरुको प्रबर्द्धन र सम्बद्र्धन हुने खालको राहतका कार्यक्रमहरु ७५ प्रतिसतसम्मआयकर छुट दिने , महिला उध्यमिहरुलाइ दिदै आइरहेको ७ बर्षको आयकर छुटलाइ थप ३ बर्स सहित दस बर्स गरिएको छ भने लकडाउनका कारण बन्द उद्योग ब्यवसायको विद्युत महसुलमा लाग्ने डिमाण्ड चार्ज मिनाह गर्ने र बिद्युृत शुल्कमा केही छुट दिने , स्वदेशी उध्योगबाट उत्पादित बस्तुको प्रयोगलाइ कार्यान्वयन गराउने , आत्मानिर्भर हुने उत्पादन मुलक उद्योगमा चाहहिने मेसिनहरु आयातमा भन्सार छुट दिने , नया उद्योग सन्चालन गर्न सरल कर्जा उपलब्ध गराउने , लकडाउनको कारण संकटमा परेको उद्योगलाइ पुनः सञ्चालन गर्दा आवश्यक पर्ने वर्किङ क्यापिटल उपलब्ध गराउन बजेटमा ब्यवस्था गरिएको कारण पनि लकडाउनको कारण निरासामा रहेका उद्यमी ब्यवसायीमा आसा जागेको सो महास.घले जनाएको छ ।

देशमा भएका जनशक्तीको रोजगारिलाइ निरन्तरता दिदै ठूलो सख्यामा रोजगारी गुमाएर केही सीप र पुँजीसहित स्वदेश फर्कन लागेका लाखौ युवाहरुलाइ पनि अहिले सञ्चालित उद्योग व्यापार ब्यवसायको रोजगारिमा जोड्नु पर्ने अवस्थामा यी उद्योगहरुको दक्ष जनशक्ती र नयाँ प्रबिधी सहित स्तरउन्नती गर्नु पर्ने अवस्थामा सरकारले नबिनतम प्रबिधीको अध्यन अनुसन्धान गरेर बिकास गर्नु बजेटले सम्बोधन गरेको सकारात्मक पक्ष हो भने आत्मानिर्भर हुन सक्ने र अधिकतम रोजगारी सृजना हुने कृषि क्षेत्रको बिकासमा सरकारले बजेटको उचित ब्यवस्थापन गरेर कृषि उत्पादनको सन्कलन एवम भन्डारन स्थलको ब्यवस्था गरेको गर्ने, मल बिउ सहज किसिमले उपलब्ध गराउने, ७५ हजारलाइ शिपमुलक तालिम दिने १३० स्थानमा उध्योग ग्राम स्थापना गर्ने निर्यातलाइ प्रोत्साहन गर्ने , महिला उद्यमिलाइ प्रोत्सहन गर्ने जस्ता कुरा स्वागत योग्य छ भने पुर्वाधार बिकासलाई निरन्तरता दिने कुरा राम्रो पक्ष हो हो भने करको दर भन्दा दायरा बढाउने कुरा स्वागत योग्य हो ।

अनावश्यक प्रसासनिक खर्चहरुको कटौती , आन्तरिक पर्यटनलाइ बढावा दिने रपुर्वाधार बिकास निर्माणमा महत्व दिने कुरा फर्निचर तथा स्वदेशी बस्तुको प्रयोगलाइ बढवा दिने आयात हुने बस्तुको भन्स्सार शुल्क बढाउने कुराले ग्रील तथा स्टील ब्यवसायीको खुशीको अनुभुरी गरेका छन। यी सबै सकारात्मक पक्ष हुदा हुँदै पनि बिगतका दिनमा सरकारको कार्यान्वयन पक्ष अत्यन्तै फितलो भयेकोले सरकारको ल्याएको बजेट पनि समयमै कार्याव्न्वयन हुन्छ हुदैन भन्नेमा शका छ तर अहिलेको असामानन्य अवस्था भएकोले निजि क्षेत्र सरकार राजनैतिक दल सबै मिलेर कोरोनाको कारण खस्केको अर्थतन्त्रलाइ पहिलेकै अवस्थामा ल्याउनुको बिकल्प छैन । अत बजेटमा छुट भएका केही स्टिमुलस प्याकेजहरु मौद्रिक नितिले सम्बोधन गर्छ भन्ने बिस्वास लिएको जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!