सीमामा दुबै देशका सर्वसाधारणहरुको कन्तबिजाेग (फोटो फिचर)

- May 30, 2020 मा प्रकाशित

जनकपुरधाम । लकडाउनका बेला सीमा क्षेत्रको अवस्था निकै दयनीय छ । सोशल डिस्टेन्सको पालना भइरहेको छैन । सयौ व्यक्ति त्यतिकै सीमा क्षेत्रमा बसिरहेका छन् । नेपालका विभिन्न स्थानमा काम गर्ने भारतीयहरु भारत जान चाहन्छन । भारतमा काम गर्नेहरु नेपाल आउन चाहन्छन ।धनुषाको जटही नाकामा दूबै तर्फ जाने आउनेलाई दूबै तर्फका सुरक्षाकर्मीहरुले केही दिनदेखि रोकिरहेको छ । जटही सीमाको अवस्था तनाबपूर्ण रहेको छ । नेपाल प्रहरीभन्दा भारतीय एसएसबीले समस्या गरिरहेको छ मोहम्मद हसनले बताए ।

काठमाडौंमा काम गर्ने हसन तीन दिनदेखि जटहीमा बसेका छन । संकटको बेला आफनो घरमा बस्नुपर्छ, तर हामीलाई भारततिर जान दिइरहेका छैनन, उनले भने । हसनको घर भारतको दरभंगामा हो । हसनसंगै काठमाडौबाट २० जना दरभंगा जानका लागि सीमामा बसिरहेका छन् । विहारको विभिन्न स्थान जानका लागि ८ सय जना भन्दा बढी छन् । पश्चिम बंगाल, झारखण्ड जानेहरु पनि छन । यही स्थिति नेपाल आउनेहरुको पनि रहेको छ । यस्ता आउने महिला र बालबालिकाहरुको पनि उल्लेख्य संख्या रहेको छ । भारतीय एसएसबीहरुले सीमामा कुटपिट पनि गरेको बताइएको छ ।

दूबैतर्फ भीड बढी रहेको छ । समस्या समाधानका लागि कुनै निकायले गम्भीरता देखाइरहेको छैन । तत्काल समस्या समाधान गरेनन भने स्थिति अझै जटिल हुने नेपाल भारत सीमा सम्बाद समूहका संयोजक एवं राजपाका महासचिव राजीब झाले बताए । दूबैतर्फ क्वारेन्टाइनको व्यवस्था गर्नुस् त्यतिकै राख्दा कोरोना संक्रमण फैलिन खतराका साथै मानिसहरु खुल्लामा राख्नु पनि राम्रो भएन उनले बताए । यो समस्या तत्काल समाधान गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसँग भेटेरै नेपाल भारत खुल्ला सीमा सम्बाद समूहले माग गरेको छ ।

सीमामा त्यतिकै राख्दा एकजना नेपाली नागरिकको तीन दिन पूर्व मृत्यु भएको थियो । भोकले मृत्यु भएपछि जटहीका निमार्ण व्यवसायी एवं समाजसेवी राजु चौधरीले गत तीनदिन देखि सीमामै निशुल्क भोजनको व्यवस्था गरेको छ । विहान र राती दूई पटक एक–एक हजार जनालाई खुवाइरहेका छन । खुवाउने कार्यमा सशस्त्र प्रहरीले पनि सहयोग गरी रहेको छ । समाजसेवी चौधरीले भुकका कारण कोही मर्नु हुँदैन यो सोचले हामीले निशुल्क भोजनको व्यवस्था शुरु गरेको छु वताए ।

-सुजीतकुमार झा, राजधानीबाट

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV