नेपाली कामदारमा मानसिक विक्षिप्तता : असामान्य शैलीमा आक्रोस पोख्दै अपशब्द !

- May 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भएर सिधै घर फर्किन पाइने बुझेर आममाफीमा समावेश भएर सेल्टर छिरेका करिब २५ सय नेपालीको अवस्था कष्टकर बनेको बताइएको छ । अप्रिल २७ तारेखदेखि सेल्टर छिरेका नेपालीको सेल्टरको बास एक महिना पुग्न थालेको छ । यतिखेर उनीहरु घर जान पाउँ भन्दै हार गुहार  गरिरहेका छन् ।

आफु रहेको मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र तत्काल उद्धार गर्नुपर्ने नेपाल सरकारले क्वारेन्टाइन व्यवस्थापन गर्न नसकिने भन्दै उद्धार गर्न नसकिने धारणा  सार्वजनिक गरेपछि त्यसको दवाब विदेशस्थित नेपाली नियोगहरुमा पर्न थालको छ ।

साउदी अरबको रियादस्थित नेपाली दूतावासका एक कर्मचारीका अनुसार कम्पनीमा तोकिएको तलव सुविधा पाउन नसक्ने नेपालीको संख्या बढ्दै गएको छ । कम्पनीमा मालिकको दवाब, अनुचित बासस्थानको उकुसमुकस र घर फर्किने टुंगो नभएपछि केही नेपाली कामदारहरुमा मानसिक विक्षिप्तता समेत देखिन थालेको छ ।

ती कर्मचारीले भने, ‘निरन्तर टेलिफोन आउँछ, टेलिफोन उठाएपछि असामान्य शैलीमा आक्रोस देखाउने र गाली गर्ने प्रवृत्ति बढेको छ । कतिपयले टोकौला नै जस्तो गरेर गाली गरिरहेका हुन्छन् । तर धैर्यताका साथ सुन्नुको विकल्प छैन । सरकारले तत्काल घर फर्काउन नसक्ने बताएपछि कामदारहरुका आक्रोस बढेको छ ।’

साउदी सरकारले दिएको जानकारी अनुसार शुक्रबारसम्म १ हजार ३ सय ६४ जना नेपाली कोरोना संक्रमित छन् । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २ सय ९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ जना गरी रियादस्थित नेपाली दूतावासले हेर्ने क्षेत्रमा १ हजार १६ जना र महावाणिज्यदूतावास जेद्धाले हेर्ने क्षेत्रमध्ये जेद्धामा १ सय ७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये १७ जना महिला रहेको नेपाली दूतावासले जनाएको छ । संक्रमितमध्ये ७ जना नेपालीको निधन भएको छ । साउदी अधिकारीहरुले  संक्रमणबाट निको हुने नेपालीहरुको संख्या उत्साहजनक रहेको बताएको दूतावासले जनाएको छ । तर ६८ हजारको हाराहारीमा संक्रमति रहेको साउदीमा केही दिनयता दैनिक २५ सय भन्दा नयाँ संक्रमित देखिएका छन्,


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!