लकडाउनको कहर : डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

- May 24, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

काठमाडौं । काठमाडौंको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । झडपको स्पष्ट कारण खुल्न नसके पनि चौकीदार परिवर्तन र क्यान्टिनको विषय भएको बताइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनले उधारोमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको खुलाएका छन् । लकडाउनले आफन्त भेट्न नआउँदा र क्यान्टिनमा पनि सामान सकिदा समस्या भएको जानकारी आएको उनले बताएका छन् ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तस्बिर : मोनिल अधिकारी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!