इन्द्रावती गाउँपालिकाको कोषमा सहयोग

- May 22, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । इन्द्रवती गाँउपािलकामा रहेको कोरोना रोकथाम कोषमा सिन्धु उत्थान केन्द्र नामको संस्थाले आर्थिक सहयोग गरेको छ । इन्द्रावती गाउँपालिकाले यसअघि नै ५० लाख रुपैयाँको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष खडा गरेको थियो । सो कोषमा संस्थाले ५० हजार ५ सय ५० रुपैयाँ सहयोग गरेको सो गाउँपलिकाले जनाएको छ । सो संस्थाले इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ र प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेललाई सो रकम बराबरको चेक हस्तान्तण गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!