काठमाडौं उपत्यकाका सिल

- May 21, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्ने निर्णय गरेको छ । गृहले काठमाडौं उपत्यकाका सबै स्थानीय तहको सुझावका आधारमा अत्यावश्यक काममा बाहेक काठमाडौं प्रवेशमा कडाई गरी शिल गरेको जनाएको छ । यसअघि लुकिछिपी काठमाडौं आउनेलाई समेत पूर्ण रूपमा रोक्ने र सो कार्य गरेर काठमाडौं आई लुकीछिपी बस्नेमाथी पनि कारबाही गर्ने भएको छ । बाहिरी जिल्लाबाट आएकालाई काठमाडौं प्रवेश गर्ने नाकामा रोकिने निर्णय सहितको पत्र सवै निकायमा गृहले पठाएइको छ । कोही काठमाडौं प्रवेश गर्न चाहन्छन् भने उनीहरुले आफ्नै खर्चमा आरडिटी विधिबाट कोरोनाको परीक्षण गरी स्वास्थ्य प्रमाण पत्र देखाउनुपर्ने निर्णय गरेको छ । सो पत्र देखाएपछि नाकामा परिचालन गरिएको टोलीले छानविन गरी उपत्यका प्रबेश गर्न दिने नदिने निर्णय समेत जनाएको छ। काठमाडौंमा बढी जनघनत्व रहेकाले पनि सरकारले कोरोना संक्रमण फैलिन नदिन यो निर्णय गरेको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!