क्वारेन्टाइनमा रहेका २१०भारतीय नागरिक पठाइए

- May 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दिपकप्रसाद गौतम

वीरगञ्ज, जेठ ६ गते । वीरगञ्ज महानगरपालिकामा रहेको ठाकुराम क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएकासहित २१० जना भारतीय नागरिकलाई भारततर्फ पठाइएको छ । करिब डेढ महिनादेखि ठाकुरराम क्याम्पस क्वारेन्टाइनमा रहेकासहित २१० भारतीय नागरिकलाई मङ्गलबार वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको जिम्मा लगाई भारत पठाइएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको नेपाली टोलीले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रतिनिधिलाई क्वारेन्टाइनमा बसेका ती भारतीय नागरिकहरूको जिम्मा लगाउनुभएको हो । ठाकुराम क्याम्पसको क्वारेन्टाइनमा रहेका ८९ जना, २५ जना भारतीय जमाती, आफ्ना आफन्तहरूकोमा आश्रय लिई बसेका ९६ जना गरी २१० जनालाई भारततर्फ पठाइएको ग्रिन सिटी सामुदायिक संस्था आर्दशनगरका अध्यक्ष प्रकाश खेतानले बताउनुभयो ।

वीरगञ्जको एकीकृत जाँच चौकी भन्सारमा ती २१० जना भारतीय नागरिक लिन तीनवटा बस आएका थिए भने एकीकृत जाँच चौकी भन्सारसम्म लैजान एक निजी विद्यालयको बस ल्याइएको थियो ।

त्यसैगरी, भारतको सीमावर्ती सहर रक्सौलको हजारीमल धर्मशालामा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका पर्सा जिल्लाका ४२ जनासहित नेपालको विभिन्न २५ जिल्लाका २२२ जना नेपालीलाई भोलि बुधबार नेपाल भित्र्याउने तयारी गरिएको छ । ग्रिन सिटी सामुदायिक संस्था, स्थानीय प्रशासन र वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासको पहलमा उनीलाई आफ्नो मुलुक फर्कने वातावरण मिलाइएको हो ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!