तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)

- May 8, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । देशमा कोरोना भाइरसको सक्रमण नफैलियोस भन्ने उदेश्यले सरकारले लगाएको लकडाउनको मौका छोप्दै तातोपानी भन्सार नाकाबाट अबैध सामानको आयत हुन थालेपनि सो सम्बन्धमा सम्बन्धित निकायको चासो नजाँदा तस्करी कार्यले तीब्रता पाएको छ । जुरेको पहिरोबाट आंशिक बन्द हुन पुगेको चीन र नेपालको छोटो स्थलमार्गमा पर्ने तातोपानी भन्सार नाका २०७२ सालमा गएको भुकम्पपछि पूर्णरुपमा बन्द भएको थियो । चीनियाँ सरकारले तातोपानी भन्सार नाका बन्द गरी रसुवाको केरुङ नाकाबाट व्यापारीक कारोबार सुरु गरेपछि ५ वर्ष सुनसान भएको सो नाका केही दिनअघिदेखि सञ्चालनमा आएको थियो ।

भन्सार नाका सञ्चाललनमा आएसंगै केही जनप्रतिनिधि र तातोपानी भन्सार प्रमुखकै संलग्नतामा व्यापारीको योजनामा अबैध सामाग्रीको आयात गर्न थालेको छ । भन्सार प्रमुख लालबहादुर खत्रीकै संलग्नतामा स्याउको बाकसभित्र अबैध सुन नेपाल भित्राएको पाईएको छ । नेपाल सरकार र चीनियाँ सरकारले कोरोना भाइरसको सक्रमण नफैलियोस भन्ने उदेश्यले स्वास्थ्य उपकरणमात्र आयात गर्न दिने गरी खुला गरिएको सो नाकाबाट स्वास्थ्य उपकरणभन्दा पनि तस्करीका सामान नेपाल भित्रिएको छ । तातोपानी भन्सार नाका हुदै पीपीई, स्यानाइटाइजर एन ९५ मास्सलगायत अत्यावश्यक सामग्रीको नाममा सुन लगायत अन्य बस्तुकै आयात भएको भोटेकोशी गाउपालिका वडा नम्बर १ का अध्यक्षले थाहा पाएपछि सो अबैध सामान आयत गर्न रोक लगाउ भन्दै नाकामै गई आग्रह गर्दा समेत सो कार्य नरोकिएको स्थानीय बासिन्दाले बताएका छन् । सो नाकाबाट लकडाउनको समयभित्र कुनकुन सामान अबैधरुपमा आयत भएको छ भन्ने बारे थप विवरण तीब्रखबर डटकमले खोजी कार्य जारी राखेको छ ।

भिडियो हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!