प्रहरी स्कटिङमा तातोपानी भन्सारबाट रमेशले यसरी गरे सुन तस्कर…

- May 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक । कोरोना भाईरसको संक्रमण नहोस्भन्दै सरकारले गरेको लकडाउनको मौका छाप्दै भर्खरै सुचारू भएको तातोपानी भन्सार नाकाबाट पुनस् अबैध धन्दा सुरू भएको छ । स्वास्थ उपकरण आयात गर्न अनुमति पाएको सो नाकाबाट अबैध सुनको तस्करी हुने गरेको पाईएको छ । विना प्रतिस्पर्धा सिल्क ट्रान्सपोर्टका नाममा कम्पनीले सो नाकाबाट सुन तस्कर गरि नेपाल भित्राएको पाईएको छ । नेकपाका नेता तथा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको नाममा रहेको सो ट्रान्सपोटबाट तस्करीको सामान ढुवानी गर्न थालेपछि स्थानीय अवरोधसमेत गरेका थिए । तर, स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहहरु चेकजाँचसमेत नभएपछि स्थानीय पनि आक्रोशित भएका छन् । सिल्क ट्रान्सपोर्टले अवैध सुन समेत सेटिङमा ल्याएको आरोप लागेको छ ।

चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यही कम्पनीको एकलौटी छ । कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन् । अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सुनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिब्बतमा वा खासामा मात्र सेटिङ भएर आउने नभई ग्वान्जाओबाटै सेटिङ भएर आउने गरेकाे छ । झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् । रमेश अहिले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा आलिशान महल  सहित   स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको छ ।

भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिमरिभर हाइड्रोमा दश करोडको अबैध  शेयर लगानी रहेकाे छ । रमेशकाे  भिनाजुुलाई साथ लिई  रमेशले मामा नाता पर्ने बाह्रवीसे नगरपालिकाको मेयर निमफुञ्जो शेर्पालाई चुनावमा तीन करोड रुपैयाँ सहयोग गरेकाेे समेत उनी निकट व्यवसायीहरूले बताएका छन् । साेही रकम असुलउपर गर्नकैलागि अहिले मेयर शेर्पाले सरकारी सुरक्षाका साथ अबैध सामान आयात गर्दै अाएकाे छ । साे अबैध कार्यलाई तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्ज्वल महर्जनकाे समेत साथ रहेकाे आराेप स्थानीयकाेे रहेकाेे छ । रमेशले प्रहरी प्रशासनलाई सहयोगमा लिएर अबैध धन्दाा चलाउदै अाएकाे छ । सिल्क ट्रान्सपोर्टमार्फत् नेपाल ल्याइएको सामान अहिले पनि प्रहरी प्रशासनले चेकजाँच नगरी पठाउने गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रने भन्दै भोटेकोशीका वडाध्यक्षले ज्ञापनपत्रमार्फत् लिखित विरोध जनाएपछि चीनबाट ल्याइएका स्याउ र लसुन बोकेका कन्टेनर स्कटिङ गरेर ल्याइएको बताईन्छ ।  नेपाल र सशस्त्र प्रहरीको गाडी अघि पछि लगाएर कन्टेनर ल्याइएको छ । अति आवश्यक सामानमात्र ल्याउनुपर्ने भन्दै भोटेकोशी गाउँपालिकाका ४ जना वडाध्यक्षले तातोपानी भन्सारलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले स्वास्थ्य सामग्री मात्र ल्याउन माग गरेका छन् । जबर्जस्ती सामान ल्याएमा र संक्रमण नहुने ग्यारेन्टी नगरेमा आयातित स्याउ र लसुन नष्ट गर्ने चेतवानी वडाध्यक्षले दिएका थिए । उनीहरुले धम्की दिएपछि कन्टेनरलाई सुरक्षा दिएर बन्दरगाहमा प्रवेश गराइएको हो । भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सीमामा आएको सामानलाई सुरक्षा दिनुपर्ने भएकाले स्कटिङ गरिएको हो । पछिल्लो समय संघीय सरकारले तातोपानी नाका सञ्चालन गरेर स्वास्थ्यसँग सम्बन्धित र अति आवश्यक अन्य खाद्य सामग्री ल्याउने निर्णय गरेको थियो । यही मौकामा तस्करीका सामान ल्याइएको ब्यवसायीहरुको भनाइ छ ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!