कोरोना महामारी : जापानमा बस्ने नेपालीलाई जनसम्पर्क समितिले सहयोग गर्ने (सम्पर्क सूचिसहित)

- April 19, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

जापान । जापानमा कोरोना महामारीको प्रभाव कमै भएको भएतापनि त्यहाँ रहेका नेपालीहरुले एकअर्काको हित र सहयोगका निम्ति उल्लेखनिय भूमिका बेलैमा सुरु गरेका छन् । आगामी दिनमा हुनसक्ने जोखिम र समस्यालाई बेलैमा सोचेर उनीहरुले एक बृहत सहयोगी नेटवर्कको नै बिस्तार गरि जापानमा रहेका आम नेपालीलाई सहयोग गर्ने तयारी गरेको बताइएको छ ।

जापानमा बसोबास गर्ने नेपालीहरुलाई कोरोनाबाट संक्रमण भएमा वा समस्या परेमा सहयोग गर्न बृहत सहयोगी नेटवर्क बनाउने संस्थाको रुपमा यतिबेला नेपाली जन सम्पर्क समिती जापानको भूमिका कोसेढुंगा साबित भएको छ ।

जापानभरि बृहत सहयोगीहरुको नेटवर्क बनाइ सहयोग सुरु गरेको उक्त संस्थाको पुर्ब अध्यक्ष डा. बलराम श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार जापानमा रहेका नेपालीहरु कोही पनि समस्यामा नपरुन भनेरै यो नेटवर्क बनाइएको हो । डा. श्रेष्ठ अगाडी भन्छन् – “कोरोनाको लडाई मानबताको लागि लडाई हो, हामी प्रत्येक एक एक जना मानिसले सचेत, इमान्दार, आत्म अनुशासन कायम राखी, आफ्नो दैनीकी परिवर्तन गरी कोरोना बिस्थापित हुने जीवनपद्दलाई आत्मसाथ गरौं । आफू बचौं अरुलाई पनि बचाऔं । शुभ रहोस् तपाईका आगामी दिनहरु ।”

हालसम्म जापानमा २ जनामा कोरोनो संक्रमण देखिएको उल्लेख गर्दै नेपाली जन सम्पर्क समिती जापानका सभापति रोशन केसीबाट जारी अपिलमा भनिएको छ – कुनै असहज तथा अफ्ठ्यारो परिस्थिति आएका खण्डमा हाम्रा सम्पर्क व्यक्तिहरुलाई सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछौं ।

जापानका हरेक क्षेत्रमा रहनु हुने दिदीबहिनी तथा दाजुभाईहरु यदी तपाईको नजिक कोहि कोरोनाको संक्रमणबाट संक्रमित हुनुहुन्छ वा यसैको कारण कुनै समस्याबाट गुज्रिरहनु भएको छ भने कृपया तल उपलब्ध गराईएका सम्पर्क ब्यक्तिलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क सूचि

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!