घर फर्कन दिने हल्लाको असर : एकाबिहानै पाँच सय बढी कारबाहीमा

- April 10, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं : आज र भोलि काठमाडौंमा अलपत्र परेकालाई घर फर्कन दिने हल्लाको असर लकडाउनमा परेको छ । घर जान पाइने हल्लाका कारण घर बाहिर निस्केका पाँच सय भन्दा बढी मानिस आज विहान प्रहरी कारवाहीमा परेका छन् ।

प्रहरीका अनुसार विहान लकडाउन उल्लंघन गरी हिँडेका पाँच सय ६७ जनालाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएकालाई प्रहरीले केही बेर सडकमै राखेर सचेतना कक्षा लिएर छाडने गरेको छ । लकडाउनका बेला अत्यावश्यक काम बाहेकका लागि घरबाहिर ननिस्कन आग्रह गरेपनि त्यसको पालना हुने गरेको छैन ।

यसैबिच महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा लकडाउनमा थप कडाइ गरेको छ । कोरोना भाइरसको महामारीको जोखिम बढीरहेका बेला सरकाले घोषणा गरेको लकडाउनको अवधि बढेसँगै ट्राफिक प्रहरीले थप कडाइ गरेको हो । अत्यावश्यक कामबाहेक एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने नाकाहरू, मुख्य सडकहरु तथा भित्री सडकहरूमा ट्राफिक प्रहरीले चेकजाँचमा थप कडाई गरेको छ ।

उपत्यकाभित्र ८ हजार भन्दा बढी ट्राफिक प्रहरी खटिएका छन् । उनीहरुले सडकमा गुड्ने सवारी अत्यावश्यक ढुवानीका लागि र सम्बन्धित प्रशासनबाट अनुमति लिएर चलाएको नचालएको अनुगमन गर्ने गरेको छ ।

नक्कली पास बनाएर सवारी चलाउने, एउटा प्रयोजनमा लिएको पासको दुरुपयोग गर्ने, अनावश्यक रुपममा सबारीको प्रयोग गर्ने क्रम बढेपछि ट्राफिक प्रहरीले चेकिङ कडा बनाएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!